मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ फिल्म ‘गोर्खा वारिअर’ को ट्रेलर

काठमाडौं – केही महिनाअघि लण्डनमा वर्ल्ड प्रिमिएर भएको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा आगामी फागुन ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको बिहीबार ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा मलायामा गोर्खालीले लडेको साहसी युद्ध देखाइएको छ । साढे दुई मिनेट लामो ट्रेलरले गोर्खा सैनिकको वीरता बोल्छ । मिलन चाम्स निर्देशित फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरुप घलेको मुख्य भूमिका छ । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरेर ४ भाषामा रिलिज हुनेछ ।

फिल्मको हिन्दी संस्करणमा ‘केजीएफ’का सचिन गोलेले स्वरांकन गरिरहेका छन् । दोस्रो विश्वयुद्धको क्रममा सन् १९४९ मा भएको मलाया युद्धमा गोर्खा सैनिकले लडेको वीरतापूर्ण लडाइँको कथा र त्यसले युद्धमा लड्ने शैनिकको परिवारमा पारेको प्रभाव फिल्ममा चित्रण गरिएको छ ।

सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले निर्माण रहेको फिल्मका निर्माता सुमन राई, सुस्मिता र ज्योतीराज राई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?