काठमाडौँ– तेजपत्ता रुखमा पाइने एक किसिमको पात हो । खानामा प्रयोग गर्दा यसले स्वाद मात्रै बढाउँदैन । स्वास्थ्यलाई फाइदा पनि गर्छ । स्वादिष्ट खानाको लागि अधिकांशले तेजपत्ताको प्रयोग गर्ने गर्छन् ।
तपाईलाई तेजपत्ताको फाइदाको बारेमा जानकारी छ ? छैन भने आउनुहोस् हामी तपाईलाई यसको फाइदाबारे जानकारी दिन्छौँ ।
तेजपत्ता भनेको के हो ?
तेजपत्ता एक विशेष प्रकारको पात हो । जुन रुखमा पाइने गर्छ । मिठो खानाको लागि यसको प्रयोग गर्ने गरिन्छ । कोही कोहीले मिठो चियाको लागि पनि तेजपत्ताको प्रयोग गर्ने गर्छन् ।
सुगर रोगीको लागि फाइदा
पछिल्लो समय सुगर रोगीको विरामी बढ्दै गएको छ । केही अनुसन्धानका अनुसार चिनीको मात्रा कम गर्नको लागि तेजपत्ताले सहयोग गर्छ । चिनी रोगीका विरामीले यसलाई औषधिको रुपमा पनि प्रयोग गर्न सक्छन् ।
साससम्बन्धी समस्या हटाउन
यदि तपाईलाई साससम्बन्धी समस्या छ भने तेजपत्ताको प्रयोग गर्न सक्नुहुन्छ । यसमा हुने एथनालिक नामक पर्दाथले स्वास नलीमा भएको समस्यालाई कम गर्छ । तेजपत्ताको प्रयोग गरी बनाएको चियाले खोकी, फ्लुलगायतका विरामीलाई पनि राहत दिन्छ ।
दाँतको लागि प्रभावकारी
तेजपत्ताले दाँतलाई पनि फाइदा गर्छ । यसमा हुने विशेष खालको तेल र भिटामिन सीले तपाईको दाँत र मुखलाई स्वस्थ राख्नको लागि सहयोग गर्छ । यसबाहेक दाँत र मुखमा भएको ब्याक्टेरियालाई पनि हटाउछ ।
तौल घटाउनको लागि सहयोग
तौल घटाउनका लागि तेजपत्ता एकदम फाइदाजनक छ । यसमा भएको गुणले भोक कम लाग्छ । यसले गर्दा तौल घटाउन सहयोग गर्छ । तेजपत्ताको सेवनले क्यालोरी पनि कम गर्न मद्दत गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया