काठमाडौँ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
‘दाहिने हातैमा’मा बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सिनेमाका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ । रातबिहान होस् वा घाम अथवा झरी रुझ्दै र घाममा टट्दिै गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थ गीतले प्रष्ट पारेको छ ।
गीतले दुःख मात्रै होइन प्रेमको कुरा पनि गरेको छ । लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंग गीतले समेटेको छ । मायालुको बखान गरेको गीतले मायाको छेउमा पुग्दा सपनीबाट ब्युझिएको प्रष्ट पार्दै ड्रिम सिक्वेन्स भएको जानकारी दिएको छ ।
यो गीत सुनाउँदै गर्दा चलचित्रमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिन्छन् । उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ ।
यसअघि, चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’ सार्वजनिक भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया