काठमाडौँ – रोशी खोलाले सडक बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।
बिहीबारदेखि लगातार भएको वर्षपछि शनिबार बिहान रोशी खोलामा आएको बाढीले नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएको हो ।
त्यस्तै बाढीले सिन्धुलीको खुर्कोट बसपार्क डुबानमा परेको छ । बसपार्कसहित आसपासका घरहरूमा समेत पानी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हालसम्म कुनै मानवीय क्षति नभएपनि सुनकोसीमा आएको भीषण बाढीका कारण डुबानको समस्या भएको छ । जारी वर्षाका कारण नदिमा पानीको सतह निरन्तर बढ्दा जोखिम पनि बढ्दो छ ।
यसबाहेक बिपी राजमार्गका अरु खण्डमा पनि बाढीले डुवानमा पर्दा र ठाउँ ठाउँमा पहिरोका गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया