मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुन ब्लड ग्रुप भएकोले के खाने के नखाने ?

सबैको ब्लड ग्रुप पनि फरक–फरक हुन्छ । केही अध्ययनहरुका अनुसार निश्चित रक्त समूह भएका व्यक्तिहरूमा विशेष गुणहरू हुन्छन्।

रगत चार प्रकारका हुन्छन् ए, बी,एबी र ओ । तर के तपाइलाई थाहा छ ? जसरी व्यक्तिको रगत फरक फरक हुन्छ । त्यसरी नै हरेक ब्लड ग्रुप भएका व्यक्तिको डाइट पनि फरक हुनुपर्छ ।

समूह ए : यो रक्तसमूह भएका मानिसहरूले हरियो सागसब्जी, नास्पाती, गाजर, लसुन, सिमी जस्ता खानेकुराहरू खाँदा स्वास्थ्यका लागि फलदायी हुने चिकित्सकहरूले बताएका छन् । 

साथै दूधबाट बनेको परिकारहरू पनि खान चिकित्सकको सुझाव रहेको छ । चिकित्सकका अनुसार यो समूहका मानिसहरूले भात र रोटी, कुखुरा र खसीको मासु कम गर्दा राम्रो हुने बताएका छन् । 

समूह बी : यो रक्त समूह भएकाका मानिसको पाचन शक्ति राम्रो हुने बताइएको छ । यो समूहका मानिसका लागि सागसब्जी, फलफूल, माछा, मटन, चिकेन सबै राम्रो मानिन्छ । 

समूह ए बी : अरू रक्त समूह भन्दा यो समूह निकै कम मानिसमा पात्र देखिन्छ । यो ग्रुप भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ । त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ । त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन । 

समूह ओ : यो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो मानिन्छ । जस्तै, दाल, मासु, माछा, फल राम्रो हुन्छ । त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?