कपाल फुल्नुलाई हामी बुढेसकालको सङ्केतको रूपमा बुझ्छौँ । बुढ्यौलीले छोप्दै लगेपछि कपाल सेताम्मे हुँदै जानु सामान्य र स्वाभाविक प्रक्रिया हो ।
तर कतिपयको युवावस्थामै कपाल फुल्न थाल्छ र उनीहरू उमेरभन्दा बुढा देखिन्छन् । पुरुषमा पहिला देखिने सेतो कपाल कन्चट र महिलाहरूमा टाउकोको दायाँबायाँ हुन्छ ।
कपाल झर्नबाट जोगाउन र उमेरमा नै फुलेको कपाल कालो बनाउन मानिस विभिन्न उत्पादन प्रयोग गर्छन् । तर यी उत्पादनमा केमिकल हुन्छन् । जसले कपाललाई हानी पुर्याउन सक्छ ।
यी कारणले कपाल सानै उमेरमा फुलेको हुनसक्छः
– पोषणको कमी हुन सक्छ ।
– भिटामिन डी, बी १२, जिङ्क, आइरन, क्याल्सियमको कमीले पनि कपाल फुल्न सक्छ ।
– शरीरमा कुनै दीर्घरोग भएमा पनि उमेर अगावै कपाल फुल्न सक्छ ।
– अत्यधिक वा नियमित औषधीको सेवनले पनि कपाल फुल्न सक्छ ।
– रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तनले पनि चाडैँ कपाल फुल्दछ ।
– पेटको गडबडी वा पेटको रोगका कारणले पनि सानै उमेरमा कपाल फुल्दछ ।
– मदिरा, धुमपान, जंक फूड आदिको लामो सेवनले पनि सानै उमेरमा कपाल फुल्दछ ।
– जथाभावी रासायनिक पदार्थ, प्रदूषणले पनि उमेर अगावै कपाल फुल्दछ ।
– मानसिक तनाव अर्थात डिप्रेसनका कारणले पनि चाडैँ कपाल सेतो हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया