मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘नरसिंहा: अवतार’ को शुभ मुहूर्त, राजेश हमाल फरक भूमिकामा देखिने

काठमाडौँ– निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहा: अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो । 

एक्सन तथा सामाजिक कथामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हाने । यस्तै निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभ मुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सनसँगै सुटिङ शुरु गरिएको हो ।  

शुभ मुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो।

निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउँदै भने, ‘यो फिल्म मेरो लागि निकै च्यालेन्ज छ। राजेश दाइले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकि राजेश दाइलाई कन्भिन्स गर्नलाई नै मलाई तीन महिना लागेको थियो।’

निर्माता महर्जनका अनुसार यो फिल्म फरक तरिकाले निर्माण हुने भएकाले आफू निर्माणमा जोडिएको बताए । त्यस्तै, महानायक हमालले फिल्मको स्टोरी सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएकाले फिल्ममा फर्किएको बताए ।

सो फिल्मका नायक राज कटुवालले आफुले सानै बेलादेखी नै राजेश हमालको पोस्टरहरु कलेक्सन गर्दै आएको र अहिले आएर हमालसँगै फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित रहेको बताए ।

फिल्मकी अभिनेत्री नीति शाहले आफुलाई निकै च्यालेन्ज भएको र यो फिल्ममा राजेश हमाल भएको कारण पनि यो फिल्मको टिमसँग जोडिएको बताउदै भनिन्, ‘मलाई राजेश हमालले पहिल्यैदेखि नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहाँसँगै काम गर्न पाउँदा एकदमै खुशी लागेको छ ।’

फिल्मकी अर्की नायिका सनिशा भट्टराईले पनि राजेश हमालको फ्यान भएको बताइन् । उनले आफूले हमालसँग काम गर्न पाउँदा खुशी लागेको समेत बताइन् ।

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको उक्त फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस चन्द सोडारी,प्रकाश कुँवर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यही फिल्मबाट ८ वर्षपछि राजेश हमालले कमब्याक गर्दैछन् । उनले यो फिल्मका लागि केही समयदेखि गेटअपमा पनि परिवर्तन गरेका छन् ।

त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यो फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?