काठमाडौँ-अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनलाई फ्रान्समा कारबाही गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आफ्ना कामदारहरूको अत्यधिक निगरानी गरेको आरोपमा जरिवाना गरिएको हो ।अमेजनलाई लागि ३२ मिलियन युरो जरिवाना गरिएको बताइएको छ ।
सीएनआईएलले गोदामहरू प्रबन्ध गर्ने अमेजन फ्रान्स लजिस्टिकले कामदारहरूको ह्यान्डहेल्ड स्क्यानरहरूद्वारा क्याप्चर गरिएको डाटा रेकर्ड गरेको दाबी गरेको छ ।
अमेजनले भने सीएनआईएलले रेकर्ड गरेको डाटाप्रति कडा असहमति जनाएको छ । र उक्त डाटाहरू वास्तविक रूपमा गलत भएको बताएको छ ।
फ्रान्सको डाटा सुरक्षा एजेन्सीले कर्मचारीहरूको गुनासोहरूको मिडिया कभरेज भएपछि अमेजन गोदामहरूको अनुसन्धान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया