मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ऋतिक रोशनको ‘फाइटर’ले कति कमायो पहिलो दिन ?

काठमाडौँ – ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ । समीक्षकदेखि दर्शकसम्मले फिल्मको तारिफ गरिरहेका फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ ।

फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो । यसैबीच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ ।

जसमा फाइटरले पहिलो दिनमा राम्रो सुरुवात गरेको छ । तर, २०२३ का धेरै ठूला फिल्मको तुलनामा फाइटरको ओपनिङ भने सानो रहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ । यस्तो अवस्थामा ऋतिक रोशनको अघिल्लो एक्शन फिल्म वार र ब्याङ ब्याङको तुलनामा फाइटरको ओपनिङ सानो मानिएको छ ।

किनभने, वारले पहिलो दिन ५३ करोडको ओपनिङ गरेको थियो भने ब्याङ ब्याङले पहिलो दिन २७ करोड कमाएको थियो ।

फाइटर अघि सिद्धार्थ आनन्दले निर्देशन गरेका पठानले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढीको ओपनिङ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?