मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

रौतहट – पछिल्लो ८ दिनदेखि राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा क्रमशः नियन्त्रण हुँदै गएको छ ।

समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरू अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु नपरेको स्थानीयले बताएका छन् ।

असोज २ गतेदेखि राजपुर- ४ मा १ जना बिरामीबाट शुरु भएको हैजा हैजा अन्य समुदायमा फैलिन नदिन नगरपालिकाको अनुरोधमा वडा नम्बर ४ लाई निषेधित गरिएको थियो ।  ६ गतेसम्म वडा ३ मा समेत गरी ६० जना भन्दा बढी महिला, पुरूष बालबालिकामा हैजा देखिएको थियो । 

सम्पूर्ण बिरामीलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले जानकारी दिएका छन् ।  हैजा प्रभावित ६० जनाभन्दा बढी बिरामी क्रमशः निको हुँदै घर फर्किसकेका स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताएका छन् ।

प्रमुख साहका अनुसार हाल प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा मात्र १ जना हैजा सङ्क्रमित महिलाको उपचार भइरहेको छ अन्य सबै निको भएर आआफ्नो घरमा फर्किसकेका छन् ।

दूषित खाने पानीको प्रयोगले राजापुरको दुई वटा वडामा हैजा रोग फैलिएको हुनसक्ने डाक्टरहरूको प्रारम्भिक अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?