काठमाडौँ – स्पेसएक्सले एकैपटक २० वटा स्टारलिंक इन्टरनेट स्याटलाइटहरू प्रक्षेपण गरेको छ।
बुधबार बिहान क्यालिफोर्नियाबाट प्रक्षेपण गरिएको ती स्याटेलाइटमध्ये १३ वटाले सिधै मोबाइलमा सेवा दिन सक्षम रहेका जनाइएको छ।
फाल्कन ९ नामको रकेटले २० वटा स्टारलिंक स्याटलाइटहरू बोकेर क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट बुधबार बिहान ३ बजेर १ मिनेटमा उडान भरेको थियो।
यी नयाँ स्याटलाइटहरू स्टारलिंक मेगा–कन्स्टेलेसनमा सामेल हुनेछन्, जसमा हाल ६३०० भन्दा बढी सक्रिय स्याटलाइटहरू छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया