मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सकियो ‘डिग्री माइला’को छायाङ्कन

काठमाडौँ – राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ को छायाङ्कन सकिएको छ । सिनेमाको छायाङ्कन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।

असोज १ गतेदेखि पहिलो चरणको छायाङ्कन सुरु फिल्मको पहिलो चरणको छायाङ्कन सकिएसँगै निर्माताले फस्ट लुक पोस्टर सार्वजनिक गरिएको थियो ।

जहाँ दयाहाङ राईको क्यारेक्टर लुक्स बाहिरिदा यो थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगार पात्रको कथा भएको निर्माता टिमले बताएको छ ।

फिल्ममा दयाहाङ राईसहित आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।

‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको यो फिल्म आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने छ । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्म वर्षकै प्रतीक्षित फिल्म पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?