मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिया खाएपछि भुलेर पनि नखानुस् यी चिजहरू 

काठमाडौँ– सामान्यतया हामी धरै जसको दिनको सुरुवात चियाबाट हुन्छ । हामी सबैले बिहान र बेलुका चिया खाने गर्छौ ।

हामी कतिमा त चियाको लत नै हुने गर्छ । चिया पिउनाले हाम्रो शरीरलाई धेरै लाभ पनि मिल्छ ।

काम गर्ने (जागिर) गर्ने मानिसहरू आफ्नो कामको थकान मेटाउनलाई पनि चिया पिउने गर्छन् ।

मानिसहरूले चियासँग बिस्कुट वा नमकिन पनि खान मन पराउँछन् ।  तर कहिलेकाहीँ यस्ता चीजले हाम्रो शरीरमा हानी पुर्‍याउन सक्छ ।

चियामा हुने एंन्टीअक्सिडेन्टले केही प्रकोपबाट रक्षा गर्छ । यसको साथै चियामा अन्य पनि धेरै त्यस्ता तत्त्व हुन्छन् जसले शरीरलाई लाभ पुर्‍याउँछ ।

आज हामी यस्तो चीजको बारेमा जानकारी दिन चाहन्छौ, जुन कुरा चियासँग सेवन गर्नुहुँदैन । यदि सेवन गरेमा गम्भीर बिरामी पर्न सकिन्छ ।

चिया खाएपछि खान नहुने चिजहरुः

–खाली पेटमा चिया पिएपछि भिजेको चना खानु हुँदैन  अन्यथा हाम्रो शरीरमा सेतो दागहरू देखा पर्दछ । 

–दूधको चिया पिएपछि माछा खानुहुँदैन यसले हाम्रो शरीरलाई कमजोर बनाइदिन्छ ।

– चियालाई तातो खाद्य पदार्थ मानिन्छ । त्यसैले चियालाई चिसो खाद्य पदार्थसँग सेवन गर्नाले पाचन प्रणाली कमजोर हुन्छ । चिसो खाद्य पदार्थ सेवन गरेको कम्तीमा ३० मिनेटसम्म चिया पिउनु हुँदैन । त्यस्तै चिया पिउनु अगाडि चिसो पानी पिउनु भयो भने पनि पेट सम्बन्धी समस्या हुनुको साथै दाँत सिरिङ–सिरिङ हुन्छ । 

–दूधको चिया पिइसकेपछि हामीले कहिल्यै कागती खानु हुँदैन यसले हाम्रो पेटमा विष दिन्छ ।

–स्वास्थ्य विशेषज्ञका अनुसार चिया पिउँदा कहिले पनि हरियो सागपातको सेवन गर्नु हुँदैन । विशेष गरेर आइरनयुक्त खाद्य पदार्थका साथ चिया पिउनाले शरीरमा विभिन्न प्रकारका समस्या देखिन्छ । 

–बदाम, हरिया सागपात, अन्न, दाल आदिका साथ चिया पिउनु हुँदैन ।

–चिया पिइसकेपछि हामीले बेसनको पिठाका परिकारहरू खानु हुँदैन । किनभने यसले हाम्रो कपाल धेरै चाँडै फुल्न थाल्छ ।

– चिया पिएपछि मुलाको सेवन गर्नु हुँदैन ।

–तातो चिया पिउने बित्तिकै पानी पिउनु हुँदैन । चिया पिउने बित्तिकै तुरुन्त पानी पिउनाले हाम्रो नाकबाट रगत आउन सक्छ ।

–यदि चिया पिएपछि बेसार भएको दूध पिएमा जन्डिस रोग लाग्न सक्छ । यस कारण चिया पिएपछि बेसार हालेको दूध पिउनबाट बच्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?