मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध

काठमाडौँ – बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक ‘पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग’ झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १ देखि लागु हुनेछ ।

सरकारले नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लाष्टिकका झोलामाथि प्रतिबन्ध लगाइने सरकारी अधिकारीले मंगलबार घोषणा गरेका छन् ।

बङ्गलादेशको अन्तरिम सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले नोभेम्बर १ देखि पोलिथिन र पोलिप्रोपाइलीनका उत्पादकहरूविरुद्ध कडा कारबाही गरिने बताए ।

सन् २००२ देखि लागू भएको प्लाष्टिक झोलामाथिको प्रतिबन्धलाई अब कडाइका साथ लागू गरिने उनले बताए । सुपरस्टोर्सले वैकल्पिक ब्यागका लागि अर्डर दिइसकेको र माग पूरा गर्न आवश्यक व्यवस्था मिलाइएको उनले बताए ।

सञ्चारमाध्यमले राष्ट्रव्यापी अभियानमार्फत जनचेतना जगाउने कदमसहित आगामी प्रतिबन्ध लागू गर्न विस्तृत कार्ययोजना बनाइएको अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?