मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गहत दाल खानुका फाइदाहरू

गहत एउटा गेडागुडी तरकारी अथवा दालको रूपमा खाइने वनस्पति हो। गहतलाई पहिला ज्ञानको कमीको कारणले गर्दा त्यति राम्रो खाद्य पदार्थ भित्र हेर्ने थिएन ।

हाम्रो समाजले त्यसैले केही कुरालाई तुच्छ सोचेर भन्नु छ भने ‘जात फाल्नु गहतको झोलमा’ भनेर उखानले व्यङ्ग्य गरे भन्ने गर्दथे ।

तर गहत एक पोषक र गुणकारी खाद्य पदार्थ हो । गहतको दाल नियमित सेवन गर्न सके यसले औषधिले भन्दा पनि चमत्कारिक फाइदा पुर्‍याउँछ ।

गहतमा अरू दालमा भन्दा रेसा (फाइबर) बढी पाइन्छ । त्यसैले यो सजिलै पच्छ । न्यानो प्रकृतिको मानिने गहत रातो, सेतो र कालो गरी तीन प्रकारको हुन्छ । यसबाट दालबाहेक रोटी पनि पकाउने गरिन्छ ।

२२ प्रतिशत जति प्रोटिन पाइने गहत क्याल्सियम र फस्फोरसको मुख्य स्रोत हो । लौह तत्त्व र भिटामिन ए पनि यसमा हुन्छ ।यसको बीउमा प्रोटिन र कार्बोहाइड्रेट विशेष मात्रामा हुन्छ । 

यसमा युरिएजसमेत पाइन्छ ।जाडोमा गहत नियमित रूपमा खाने गरे चिसोले छुँदैन भन्ने आम मान्यता छ । धेरै समयसम्म निरन्तर यो दाल सेवन गर्दा पत्थरी आफैँ निको हुने पनि बताइन्छ । आयुर्वेदमा यो दाललाई मूत्रसम्बन्धी विकार र पत्थरी रोग हटाउन विशेष उपयोगी मानिएको छ ।

पत्थरीलाई फुटाएर मूत्र नलीबाट बाहिर निकाल्नका लागि गहत प्रसिद्ध महौषधि पनि हो । तर, यसको प्रयोग उचित मात्रा र युक्तिपूर्वक गर्नुपर्छ ।

यसको उपयोगले रोकिएको पिसाब खुलेर आउँछ । यसले पित्त र रगतको दोषलाई समेत निको पार्छ । यसले पोल्ने, गर्मी र पसिनालाई रोक्छ ।

बाथ ज्वर, श्वेतप्रद र मोटोपना हटाउनसमेत गहत उपयोगी मानिन्छ । यस्तै, प्रसवपछि गर्भाशयको शोधमा समेत यसको सेवन लाभकारी मानिन्छ ।आयुर्वेदका अनुसार पिसाबमा रोकावट हुनु, ज्वरोको कारण पिसाबमा कमी वा पोल्नु आदि व्याधि हटाउन यो उत्तम प्रयोग हो ।

यसको बढी मात्रामा सेवनले अम्लपित्तको स्थिति उत्पन्न हुन्न समेत भनिन्छ ।यसले नेत्र रोग र पायल्सलाई समेत निको गर्छ ।वीर्य दोषसमेत निको पार्ने क्षमता भएको गहत सास, खोकी पेटको रोग, मुटुको रोग, टाउको दुखाइ आदिमा लाभप्रद मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?