मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् साना बजेटमा बनेर कमाइमा ‘धूम’ मच्चाएका दक्षिण भारतीय फिल्म, कसले कति कमाए ? 

काठमाडाैँ – भारतीय फिल्म उद्योगमा दक्षिण भारतीय फिल्मले आफ्नो छुट्टै अस्थित्व कायम गर्न सफल भएका छन् ।

स्थानीय र चाखलाग्दो कथा,जीवन्त अभिनयले यी फिल्मप्रति दर्शकको आकर्षण बढ्दा यो उद्योग विस्तार भइरहेको छ ।

जहाँ सानै बजेटमा बनेका फिल्मले समेत आफूलाई सफल साबित गरेपछि यो चासो र आकर्षण बढ्दो छ । यहाँ हामी सानो बजेटमा बनेर धूम मच्चाएका यस्तै दक्षिण भारतीय फिल्मबारे बताउँदै छौ ।

हनुमान

तेजा सज्जा अभिनीत यो फिल्म २० करोडमा बनेको हो । आम दर्शकको मन जित्न सफल यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्‍यो । यसले भारतमा मात्रै गरेको कमाई १५० करोड पुग्दै छ । विश्वभरकै कमाई हेर्दा यसले १९८.२ करोड कमाई गरिसकेको छ । 

७७७ चार्ली

रक्षित शेट्टीको मुख्य भूमिका रहेको ‘७७७ चार्ली’को  बजेट पनि २० करोड रुपैयाँ नै थियो । २०२२ मा प्रदर्शनमा आएको कन्नड भाषाको यो ‘एडभेन्चर ड्रामा’ले पनि दर्शको मन जित्न सफल रह्यो । किरणराजको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले विश्वभरबाट १०२.७५ करोड कमाई गरेको थियो ।

कान्तरा

ऋषभ शेट्टीको निर्देशनमा बनेको यो फिल्म त कमाईमा धूम नै मच्चायो । यो फिल्मको बजेट केवल १५ करोड मात्रै थियो भने यसको विश्वभरबाट कमाई ४ सय करोड कटेको थियो । अर्थात बजेट भन्दा २६ गुणा बढी कलेक्सन गरेको यसको कमाई ४०७.८२ करोड पुगेको थियो । 

कार्तिकेय २

यो फिल्मको पनि बजेट १५ करोड थियो । मिस्ट्रि एक्सन–एडभेन्चर विधाको यो फिल्म सन् २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘कार्तिकेय’ को सिक्वेल हो । यसले विश्वभरबाट ११७.८७ करोड कमाएको थियो । फिल्ममा निखिल सिद्धार्थ,अनुपमा परमेश्वरन र अनुपम खेरको अभिनय रहेको थियो । 

सीता रामम

दुलकर सलमान र मृणाल ठाकुर अभिनीत यो फिल्मको बजेट ३० करोड रुपैयाँ थियो । लव स्टोरी ड्रामा यसले पनि राम्रै व्यापार गर्‍यो । यसले विश्वभरबाट ९४.२८ करोड कमाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?