तपाई हामी धेरैले आँखा सफा गर्दा पानीमा आँखा खोलेर डुबाउने गरेका हुन्छौ वा कसैले आँखामा पानीले छ्याप्छ्याप हान्नी पनि गरिरहेका हुन्छौँ ।
आँखा खोलेर छ्याप्छ्याप आँखा पखाल्ने चलन धेरै पाइन्छ । बाल्टीमा पानी भरेर समेत पखाल्ने गरिन्छ तर त्यसले आँखालाई असर गरिसकेको हुन्छ ।
यसरी आँखा सफा होइन बिग्रने जोखिम उच्च रहन्छ । किनकी आँखा भित्र पानी छिर्नु हानिकारक मानिन्छ । पानी छ्यापेर आँखा सफा गर्दा आँखाभित्र पानी छिर्न दिनुहुँदैन ।
यदि आँखामा पानी पस्यो भने उक्त पानीले आँखाको आँसुलाई बगाउँछ र आँखालाई सुख्खा बनाउँछ । आँखामा पाइने तरल पदार्थ अर्थात् आँसु आँखाको मोबिल हो ।
जसरी गाडी मोबिलबिना चल्दैन त्यसरी नै आँखा पनि आँसुबिना चल्दैन । त्यसैले हामीले आँखा सफा गर्दा धेरै ख्याल गर्नुपर्दछ । आँखा पोल्ने, बिझाउने, आँखा फरफराउने, टाउको दुख्ने, आँसु बगिरहने तथा आँखाको नानी नै फेर्नुपर्ने सम्मको समस्या हुन्छ ।
यसकारण आँखा सफा गर्दा आँखा बन्द गर्ने र परेला तथा आँखाको वरिपरि पानीले मज्जाले सफा गर्ने गर्नुपर्छ । त्यसो गर्दा परेलामा रहेका फोहोरलाई पानीले पखाल्छ । कैयौँ पटक तीव्र हावामा बाहिर हिँड्ने गर्दा आँखामा साना साना धुलोका कणहरू पस्छन् ।
त्यसैले आफ्ना आँखालाई तलमाथि दायाँ बायाँ तथा गोलाकारमा घुमाउने गर्दा आँखामा भएको फोहोर बाहिर आउँछ । घरमै बनाएको गुलाब जल एक थोपा आँखामा राख्न सकिन्छ ।
त्यस्तै कपासलाई गुलाब जलमा भिजाएर आँखाको माथि राख्ने गरेमा आँखाको फोहोर सफा हुन्छ । त्यस्तै दुखाई पनि कम हुन्छ । यसैगरी आँखामा काँक्राको टुक्रा राखेर केहीबेर बस्ने तथा रसलाई आँखाको वरिपरि लगाउँदा पनि आँखाको स्वास्थ्य राम्रो बनाउन सकिन्छ । यसले आँखाको वरिपरिको भागलाई हाइड्रेट गर्ने काम गर्छ ।
जसले गर्दा आँखाको सुख्खापन पनि कम हुन्छ । घरबाट बाहिर निस्कँदा जहिले पनि चस्मा लगाउने बानीले आँखालाई कैयौँ समस्याबाट बचाउन सकिन्छ । आँखालाई धुलो, माटो तथा प्रदूषणबाट बचाउनका लागि चस्मा एकदमै सहयोगी हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया