मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कृषाको पिताम्बरको छायांकन माघ अन्तिम साताबाट सुरु हुने

काठमाडौं – निर्देशक कृषा चौलागाईं ‘पिताम्बर’ को तयारीमा व्यस्त छिन् । लामो समयको निर्माणको अनुभवसहित फिल्म ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यु गरेकी चौलागाईं यतिबेला दोस्रो फिल्म ‘पिताम्बर’ बनाउन लागेकी हुन् ।

यही माघ अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मको लागि उनी अहिले लोकस हेरिरहेकी छन् । लोकेसन भिजिटका लागि उनको साथमा छायाँकार पुरुषोत्तम प्रधान, लेखक प्रदीप भारद्वाज र अभिनेता प्रमोद अग्रहरी समेत तराईका विभिन्न ठाउँ घुमिरहेका छन् ।

फिल्मको दुई चरणमा छायांकन हुनेछ । केही दृश्य हुस्सुमा खिच्नुपर्ने भएकाले माघमा छायांकनको तयारी गरिएको हो । दोस्रो चरणको छायांकन भने फागुनपछि हुनेछ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा निर्देशक कृषा स्वयंको निर्माण रहनेछ । फिल्मका लागि अडिसनबाट केही बालकलाकार छनोट भैसकेका छन् । फिल्मको लागि बिभिन्न चलेका नायक नायिका अफर गरिएको छ ।

फाइनल नभएको कारण उनले अहिले नाम उल्लेख गरिनन् । प्रमोद अग्रहरी र कामेश्वर चौरासिया भने मुख्य भूमिकामा अनुबन्धित भइसकेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?