मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘फिस सुट गेम’ खेलाउने चिनियाँ सहित सात जना पक्राउ

काठमाडौँ – ‘फिस सुट गेम’मा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चीनको तिब्बतस्थित आम्दो घर भई हाल काठमाडौँ महानगरपालिका-६ बौद्ध फुलबारी बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारत बिहार प्रदेश बेङलोरू घर भई हाल काठमाडौँ बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, चीनको तिब्बतस्थित ल्हासा घर भई हाल काठमाडौँ महानगरपालिका-६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन, चीनको तिब्बतस्थित सिगाचे घर भई हाल काठमाडौँ बौद्ध टुसाल बस्ने २७ वर्षीय दासाङ रहेका छन् ।

त्यस्तै चीन सिचुवान प्रोभिन्सम शिनिउ टाउन घर भई हाल काठमाडौँ महानगरपालिका-२७ बस्ने ४५ वर्षीय चिनियाँ नागरिक विई चुनलिन, काठमाडौँ महानगरपालिका-६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-६ तिनचुली बस्ने ३५ वर्षीय लोप्साङ लामा रहेका छन् । 

काठमाडौँ महानगरपालिका-६ बौद्ध तिनचुली फुलबारी मार्गस्थित घरमा सोनम तामाङ समेतले सञ्चालन गरेको गेम जोन लेखिएको सटरमा फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेलाउने उपकरण सहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट फिस सुट गेम खेलाउने उपकरण १ थान, नेपाली नगद १२ लाख १ हजार रुपैयाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीको मोबाइल ७ थान प्रहरीले बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?