मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कमब्याक गर्दै पाकिस्तानी अभिनेता फवाद खान

काठमाडौँ – पाकिस्तानी अभिनेता फवाद खान बलिउडमा कमब्याक पुनरागमको तयारीमा छन् । 

८ वर्षअघि २०१६ को फिल्म ए दिल है मुस्किलमा देखिएका उनी रोमकम विधाको फिल्ममा अभिनेत्री रिद्धि डोग्राको अपोजिटमा देखिनेछन् । 

फिल्ममा फवाद र रिद्धिको लभ एंगल देखिनेछ । तर बाँकी कलाकारहरुको कास्ट हुन बाँकी छ भने  फिल्मअझै प्रारम्भिक चरणमा छ । कागजी कार्य हालै सम्पन्न भएको फिल्मको निर्देशकको नाम समेत गोप्य राखिएको छ ।

प्राप्त जानकारी अनुसार रिद्धि र फवादले फिल्मको कुनै पनि भाग भारतमा सुटिङ गर्ने छैनन् । यसको छायाङ्कन न्युयोर्क वा लण्डनका केही ठाउँमा हुनेछ ।

यो वर्षको अन्त्यबाट सुटिङ शुरु हुनेछ भने निर्माताहरूले यसलाई वर्षको अन्त्यमा वा २०२६ को शुरुमा रिलिज गर्न सक्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?