मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिजबुल्लाहविरुद्ध आवश्यक कारबाही गर्न तयार छौँ- नेतान्याहु

जोयनेपाल
156
Shares
BERLIN, GERMANY – MARCH 16: Israeli Prime Minister Benjamin Netanyahu and German Chancellor Olaf Scholz (not pictured) speak to the media following talks at the Chancellery on March 16, 2023 in Berlin, Germany. Netanyahu’s one-day visit to Berlin is being accompanied by protests, including both by people angry over Israel’s policies towards Palestinians as well as those critical of possible new legislation in Israel supported by Netanyahu that would undermine the independence and the power of Israel’s Supreme Court, effectively curtailing democracy in Israel. (Photo by Sean Gallup/Getty Images)

काठमाडौँ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै लेबनानसँग सीमा जोडिएका गाउँहरूमा बसोबास गर्न इजरायलले आवश्यक कदम चाल्ने बताएका छन्।

हिजबुल्लाहसँग बढेको तनावलाई सम्बोधन गर्दै नेतन्याहूले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरिएको भिडियो सन्देशमा भने, ‘६० हजार इजरायलीहरूले नजिकैका क्षेत्रहरूबाट आफ्नो घर छोड्नु परेको छ ।’ उनले भने, ‘त्यसपछि हिज्बुल्लाहले एक दिन पनि हामीमाथि आक्रमण गर्न छोडेको छैन ।’ नेतान्याहुले भनेका छन्, ‘कुनै पनि देशले आफ्ना सहरमा बम विस्फोट सहने छैन, हामी पनि सहने छैनौँ ।’

गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि इजरायल र हमासबीच द्वन्द्व चलिरहेको छ ।

एकातिर इजरायलले आफ्नो दक्षिणी सिमाना नजिकै हमासलाई हटाउने प्रयास गरिरहेको बेला अर्कोतर्फ हिजबुल्लाहले पनि इजरायललाई आफ्नो उत्तरी सिमाना र लेबनानको दक्षिणी सिमानाबाट आक्रमण गर्न थालेको छ । यद्यपि, विगतका महिनाहरूमा इजरायलले हिजबुल्लाहका स्थानहरूलाई पनि निशाना बनाएको छ।

यसै साता लेबनानमा सञ्चार उपकरणमा भएको विस्फोटपछि इजरायली रक्षामन्त्रीले सेना उत्तरतर्फ अघि बढिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?