मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हैजा देखिएपछि राजपुर नगरपालिकाको क्षेत्र सिल

रौतहट – रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टि भएको छ। हैजा पुष्टि भएसँगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले  वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार एक सूचना जारी गर्दै राजापुर नगरपालिका ४ स्थित जोबैर चौक देखी मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरि क्षेत्र लाई निषेधित क्षेत्र घोषणा गरेको हो।

उक्त क्षेत्रमा स्वास्थ्य कार्यालय प्रमुखको अनुमति बिना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, अत्यावश्यक काम बाहेक कुनै व्यक्ति हिँडडुल गर्न नपाउने सिडिओ हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै एक अर्काको घर वा बस्तीमा आवतजावत नियन्त्रण गर्ने, अत्यावश्यक बाहेक सवारीसाधन जान नपाइने, उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न नपाउने, स्थानीय स्वास्थ्य शाखाबाट जारी आदेश पूर्ण पालना गर्ने गराउने सूचनामा उल्लेख गरिएको छ।

राजापुरको दुई वडामा झाडा पखालाको बिरामीको सङ्ख्या  बढ्दै गएकाले प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमी, डाक्टर मुरारी ठाकुर, इमर्जेंसी इनचार्ज डाक्टर राजेश कुमार सिंह, डाक्टर गोपाल गुप्ता, लगायतको टिम आवश्यक औषधिहरु लिएर प्रभावित क्षेत्रमा पुगेको थियो।

राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ। विहिवार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए। 

सो मध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाट र जनकपुर अस्पतालमा कल्चर गर्दा हैजाको जीवाणु फेला परेको डाक्टर ठाकुरले जानकारी दिएका छन्।

२२ जना बिरामी  मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भइरहेको  छ। 

त्यहाँ बिरामीको लागी बेड लगायत विभिन्न बन्दोबस्तीका सामान सशस्त्र प्रहरीको टोलीले उपलब्ध गरिएको राजापुरको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?