मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुत्ताको साइज नमिल्दा पनि हुनसक्छ नसा च्यापिने समस्या

आजभोलि नसा च्यापिने समस्याले धेरैलाई सताउन थालेको छ । नसा च्यापिने समस्या विशेषगरी गर्दन र कम्मरमा हुन्छ । 

हाम्रो बस्ने आसन, जीवनशैली, खानपिनदेखि काम गर्ने तरिका गलत हुँदा कम्मर तथा गर्दनका नसा च्यापिने समस्या बढिरहेको चिकित्सकहरू बताउँछन् । 

खराब आसन, जीवनशैली, कम्मर र गर्दनलाई भार पर्ने गरी गतिविधि गर्दा नसा च्यापिने समस्या बढिरहेको छ  । जस्तो हामी कुनै पनि सामान उचाल्दा अगाडि झुक्दा, लामो समयसम्म एउटै पोजिसिनमा बस्दा, कुर्सीमा बसेर घण्टौँसम्म ल्यापटप वा कम्प्युटर चलाउँदा, अनावश्यक मोबाइलको प्रयोग गर्दा नसा च्यापिने समस्या निम्तन सक्छ । 

हाम्रो खराब बानीकै कारण नसा च्यापिने जोखिम बढिरहेको हुन्छ । लामो समयसम्म गाडी चलाउनुपर्ने, मोटरसाइकलमा कुद्नुपर्ने, कम्प्युटरमा काम गर्नुपर्ने, निहुरिएर काम गर्नुपर्ने बाध्यात्मक परिस्थितिले नसा च्यापिने समस्या निम्त्याइरहेको विज्ञ बताउँछन् । 

धेरैजसो महिलाहरूमा लामो समयसम्म एउटै पोजिसनमा बसेर बिहान पूजा गर्दा, भान्सामा काम गर्दा, भारी बोक्दा, कार्यालयमा काम गर्दा कम्मरको नसा च्यापिने समस्या देखिएको छ । 

 अर्को भनेको खराब जुत्ता पनि नसा च्यापिने समस्याको कारक हुनसक्छ । खराब जुत्ताका कारण महिला र पुरुष दुवैमा कम्मरमा नसा च्यापिने समस्या देखिन सक्छ । 

दुवै जुत्ताको साइज बराबर भएन भने नसा च्यापिने समस्या हुनसक्छ । खुट्टाको आकार र जुत्ताको सोल उस्तै हुनुपर्छ । जुत्ता टाइट लगाउँदा पनि खुट्टाको टार्सल सिन्ड्रोम देखिन्छ । त्यसैले ब्राण्डेड र गुणस्तर परीक्षण भएका जुत्ता मात्रै प्रयोग गर्नेतर्फ हामी सबै सचेत हुनपर्छ । साथै हिल जुत्ताको प्रयोग गर्दा महिलामा नसा च्यापिने समस्याको जोखिम बढ्छ । 

हिल जुत्ता प्रयोग गर्दा खुट्टाले जमिनमा जति टेक्नुपर्ने हो त्यत्ति टेक्न सक्दैन, सन्तुलन बिग्रिन्छ, हिल जुत्ताले खुट्टा चिप्लने समस्या हुन्छ र मांसपेशीमा कडापन देखिन्छ र नसाहरू च्यापिन्छन् ।

धेरै पुरुषहरूमा पर्सका कारण पनि कम्मरको नसा च्यापिएको देखिएको छ । पछाडि पर्स राख्दा शरीरको पोजिसन बिगार्छ र त्यसले मेरुदण्डमा असर गरेर पिरिफोर्मिस मांसपेशीको समस्या निम्तन्छ परिणाम स्वरूप कम्मरको नसा च्यापिन्छ । 

यसरी अपनाउनुहोस् सावधानी

यसकारण कम्मरको नसालाई सुरक्षित गर्न सिधा अगाडि झुकेर सामान नउचाल्ने, यदि सामान सिधा उचाल्नै परेमा एउटा खुट्टा अगाडि र एउटा पछाडि राखेर घुँडा दोबार्नुपर्छ । 

लामो समयसम्म पलेँटी कसेर बस्न हुँदैन, बाइक तथा गाडी चलाउँदा या बस्दा ढाडलाई सिधा राखेर चलाउने र बस्ने, टेबल वर्क गर्दा टेबलमा कुसन राखेर काम गर्नपर्छ । 

एउटै पोजिसनमा बस्न हुँदैन जस्तै उभिने, बस्ने, सवारी चलाउने जस्ता क्रियाकलाप लामो समय गर्नुहुँदैन यी कार्य गर्दा आधा एक घण्टाको समयमा ५ मिनेटको विश्राम लिएर पोजिसन परिवर्तन गर्नपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?