मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसवास गर्दा ध्यान दिनुहोस् यी कुरा

बढ्दो अव्यवस्थित शहरीकरणले गर्दा धुलोधुवाँ, घाम र प्रदूषणका कारण हाम्रो अनुहारको छालामा नराम्रो असर परिरहेको छ। यसको कारण अनुहारमा डन्डीफोर आउने गर्छ । 

अनुहारको छाला स्वस्थ र सुन्दर राख्ने केही फेसवास टिप्स जान्न जरुरी छ त्यसका बारेमा हामी तपाईलाई जानकारी दिन गइरहेका छौं।

–  आफ्नो छालाको किसिमअनुसार फेसवास रोज्नुपर्छ। हर्वल फेसवास सबैभन्दा राम्रो विकल्प हो। यसको साइडइफेक्ट हुँदैंन। तैलीय छालाका लागि नीम, एलोभेरा र मिन्ट फेसवास प्रयोग गर्न सकिन्छ। सुख्खा छालाका लागि केसर, मिल्क एण्ड हनी फेसवास प्रयोग गर्न सकिन्छ। डेड स्कीनका लागि स्क्रबवाला फेसवास प्रयोग गर्न सकिन्छ।

– फेसवासका लागि बढी तातोपानी प्रयोग गर्नुहुन्न। यसले छाला खराब गर्न सक्छ। निकै चिसो पानी पनि उपयोगी हुन्न। फेसवासका लागि मनतातो पानी या ताजा पानीको प्रयोग उत्तम हुन्छ।

– मानिसहरु बढी रगड्नाले अनुहारको छाला सफा हुन्छ भनी सोच्छन्। तर, यस्तो होइन। यस्तो गर्नाले अनुहारको बाहिरी नरम छाला निस्कन सक्छ र छाला सुख्खा हुन सक्छ। यसैले हल्का र आरामका साथ छाला सफा गर्नुपर्छ।

– अनुहार पुछ्नु पनि स्वस्थ राख्ने तरिका हो। तर, बढी रगडेर पुछ्नाले बाहिरी छालामा असर पर्न सक्छ। यस्तो गर्नाले छालाभन्दा तल रहेको कमजोर भाग प्रदुषण र घामको सिधा सम्पर्कमा आउन सक्छ। सौन्दर्य विशेषज्ञका अनुसार दिनमा दुईपटकभन्दा बढी अनुहार पुछ्नुहुन्न।

– मानिसहरु त्यति ध्यान दिँदैंनन्। तर, सौन्दर्यका हिसाबले मेकअप हटाउनुपनि जरुरी हुन्छ। यस्तो गर्नाले छालामा राम्रोसंग अक्सिजन पस्न पाउछ। मेकअप नहटाउँदा छालाले राम्रोसंग अक्सिजन लिन पाउँदैंन र क्षति हुन सक्छ।

– दिनमा बिहान र बेलुका दुईपटक फेसवास गर्नु राम्रो मानिन्छ। यदि बढीपटक फेसवास गर्ने हो भने छालामा असर पर्न सक्छ। यदि मेक–अप, सनस्क्रीन आदिको प्रयोग नगर्ने हो भने राती विना फेसवास जेल पानीले मात्र अनुहार धुन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?