मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो प्ल्यांक ? कसरी गर्ने ?

प्ल्यांक शरीरलाई सन्तुलित राख्न अत्यन्तै प्रभावशाली अभ्यास हो ।यो अभ्यासले शरीरका सम्पूर्ण मांसपेशीलाई मजबुत बनाउने तथा पेटमा भएको मोटोपन घट्ने फिटनेस ट्रेनरहरू बताउँछन् ।

शरीर घोप्टो पारेर गरिने व्यायाम जति प्रभावशाली छ उति नै गाह्रो पनि छ । अगाडिको हात र खुट्टाको बुढी औँलाले शरीरको वजनलाई सन्तुलन गरेर केही बेर थामिरहनुपर्ने भएकाले यो देखे जस्तो सजिलो हुँदैन ।

यसको सही अभ्यास गर्नका लागि अधिकांशलाई महिना दिन लाग्ने बताइन्छ । सुरुवातमा छोटो समयसम्म अडिने र धेरै पटक गर्ने अभ्यास गर्नुपर्छ । अडिएर बस्ने समय १० सेकेन्ड हुँदै १ मिनेटसम्म बढाउँदै लान सकिन्छ ।

सही तरिकाले प्ल्यांक गर्नका लागि यी चरणहरू गर्नुपर्छ :
–    चार पाउले टेक्ने । शरीरको भार हात र खुट्टालाई पर्ने गरी खुट्टा फैलाउने/टेक्ने । 

–    खुट्टाको रखाई दुई काँधको चौडाइमा सीधा हुनुपर्छ । दुवै हत्केला काँधको सीधा मुनि दबाब पर्ने गरी हुनुपर्छ ।

–    मेरुदण्ड र पेट, पाखुरा र खुट्टाका मांशपेसीमा दबाब पर्ने गरी घाँटी तन्काउनुपर्छ र भुइँतिर हेर्नुपर्छ ।

–    यही अवस्थामा कम्तिमा १० देखि ३० सेकेन्ड वा १ मिनेटसम्म रहनुपर्छ । त्यसपछि आराम गर्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?