मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महोत्तरीको बर्दिवास यसरी बन्दै छ मुर्रा भैसीको हव

बर्दिवास – बर्दिवास नगरपालिकाका पुर्व नगरप्रमुख विदुर कार्कीले भारतको हरियानावाट मुर्रा जातको ११ वटा रागाँहरु लिएर आउँदा नगर क्षेत्रमा ट्रोल नै बन्यो । ३ बर्ष अगाडि निक्कै चर्को आलोचना खेप्नुपर्‍यो । कार्कीले सम्झदै भने । तर म अडिग थिए कि यिनै राँगाहरुवाट किसानहरुको आर्थिक उपार्जनमा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।

तत्कालिन समयमा उनले किसानहरुको जिवनस्तर माथी उकास्न वनाएको रणनीतिक दीर्घकालीन योजनाको परिणाम अहिले धमाधम देखिन थालेपछि आलोचना गर्नेहरु आजकाल प्रशंसा गर्न थालेका छन । झन्डै ३३ लाख खर्चेर ल्याएका ११ वटा राँगाहरुवाट गर्भधारण गरेका ५ हजार भैसीहरुले उत्पादन गरेका मुर्रा जातका पाडापाडी अहिले किसानहरुको गोठहरुमा बाक्लै देखिन थालेका छन ।

राँगाहरुको विर्यवाट कृतिम गर्भाधान भन्दा पनि अहिले किसानहरुले भैसीलाई प्राकृतिक गर्भाधान प्रक्रियामा सहभागी गराएका छन्। स्थानिय युवा किसान विवेक अधिकारीले भने । दूध वढी उत्पादन हुने भएकाले अहिले अधिकांश किसानहरुको रोजाई मुर्रा जातको भैंसी नै वनेको छ, मैले पनि नगरवाट ल्याएको एउटा राँगो पालेको छु । बार्षिक ३ सय भैंसी हाम्रै राँगोवाट गर्भाधान भएको छ ।

एउटा मुर्रा भैसीले १ वेतमा २ हजार देखि ३ हजार लिटरसम्म दूध दिने हुँदा आम्दानीको महत्वपूर्ण आधार वनेपछी नगर क्षेत्रमा कतिपय किसानहरुले हरियाना पुगेर यो जातको भैंसी ल्याएका छन । पुर्व नगरप्रमुख कार्कीले त भारतवाट यहीँ जातको भैंसी ल्याएर व्यवसायिक भैसीपालन गरेका छन । उन्को गोठमा अहिले १५ वटा भन्दा बढी भैंसी छन । यिनै भैसीवाट उत्पादन भएका पाडापाडीहरुको कारण पनि नगर क्षेत्र मुर्रामय वन्दै गएको छ ।

एक तथ्यांकअनुसार अहिले नगर क्षेत्रमा ६ हजार भन्दा बढी भैंसी उत्पादन भैइसकेका छन । किसानहरुलाई प्रति वडामा वितरण गरिएको ११ वटा राँगावाट बार्षिक औसतरुपमा ३ हजार भैंसी गर्भाधान हुने पशु स्वास्थ्य चिकित्सक मोहन खडकाले बताए ।

यही अनुपातमा शतप्रतिशत उत्पादन भए बर्दिवास नगर क्षेत्र हरियाना, पंजाव जस्तै मुर्रा उत्पादनको हव वन्न सक्ने पशु चिकित्सकहरुको आकलन छ । एउटा भैसीले दैनिक २० लिटरसम्म दुध दिने हुँदा थोरै मेहनतले भनेजस्तो आम्दानी हुने र त्यसवाट उत्पादन भएका राँगा र पाडाहरुको मूल्य समेत उच्च रहेको हुँदा अन्य जातको भैसीहरुको तुलनामा यो भैंसीप्रती आकर्षण बढ्दै गएको छ ।

मैले पनि पुर्व नगरप्रमुख विदुर कार्कीसगैँ गएर एउटा भैंसी ल्याएको थिए । मेरो घरव्यवहार यसैवाट चलेको छ । स्थानिय युवा नेता निरोज अधिकारीले भने । दैनिक यो भैंसीले १४ लिटर दूध दिन्छ, एउटै भैसीवाट मलाई पारिवारिक आधारभुत आवस्यक्ता परिपुर्ति गरेर केही पैसा बचाउने आधार समेत वनेको छ ।

पुर्व नगरप्रमुख कार्कीले त्यतिवेला वनाएका योजनाहरुको अहिले परिणाम आएको देख्दा खुसी लागेको वताउदै अधिकारी जनप्रतिनिधिहरुले किसानहरुको आधारभूत समस्या पहिचान गरेर योजना वनाउनुपर्ने वताउछन ।

तर नगरप्रमुख कार्कीले मुर्रा जातको राँगा ल्याएर प्राकृतिक गर्भाधानको लागि प्रयोग गर्ने भने योजना थिएन । उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि किसानहरुलाई उपलब्ध गराउने उन्ले योजना वनाएका थिए । मोडेल एग्रो भिलेजको रेखदेखमा राखेर उक्त राँगाहरुलाई नगरले नै संरक्षण गर्ने भनिएतापनी व्यापक विरोध आएपछि उन्ले किसानहरुलाई वितरण गरेका थिए ।

‘११ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख २० हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराउन सकिने र किसानहरुलाई नश्ल सुधार अभियानमा लगाउने योजना वनाएको थिए ।’ उनले भने । ‘भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गर्ने र आर्थिक रुपान्तरण गर्ने उदेश्य जे होस परिणाममा नै देखिदै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?