मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुमारी लामाको निबन्धसङ्ग्रह ‘दर्ज्यु संलाप’ सार्वजनिक

काठमाडौँ– समालोचक एवं निबन्धकार कुमारी लामाको निबन्धसङ्ग्रह ‘दर्ज्यु संलाप’ सार्वजनिक भएको छ ।

शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा गरिएको कार्यक्रममा लेखक लामासहित प्राध्यापक तथा संस्कृति चिन्तक अरुण गुप्तो, कवि, समालोचक विन्दु शर्मा र कवि, आख्यानकार एवं नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान बलले सङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

सङ्ग्रहमा लेखक लामाले भावनात्मक एवं तार्किक रुपमा आदिवासी पहिचान, श्रमिक वर्ग, सीमान्तकृत आवाजहरुलाई चित्रण गरेकी छिन् । सङ्ग्रहबारे बोल्दै भाषाविद् अमृत योञ्जनले निबन्धसङ्ग्रहमा ताम्बा दर्शन र तामाङ मूलजरोतिर फर्किएर सिर्जना गरिएका निबन्धहरु रहेको बताए ।

त्यस्तै, कवि बलले निबन्धहरुमा आत्मपरक ढंगले कथानात्मक लयमा पात्रका माध्यमबाट बलियो रुपमा विचार प्रस्तुत गरिएको सुनाए । उनका अनुसार निबन्ध सिर्जनाको कथानात्मक लालित्यले पाठकको मस्तिष्कमा हान्छ ।

‘निबन्धहरुमा नारी, भुँइमान्छे, श्रमिक, दलित वर्गका कथा, पात्र र विचार छन्,’ उनले भने, मूलधार र पश्चिमा साहित्य पढेर आउनुभएको उहाँले तामाङ समुदालाई निहुरिएर हेर्नुभएको छ र उहाँ मूल जरातिर फर्किनुभएको छ ।’

उनले सङ्ग्रहमा काव्यिक तथा आख्यान कृति सिर्जनाकै लय भेट्टिने सुनाए । समालोचक शर्माले निबन्धमा अनुसन्धान, आर्थिक, सांस्कृतिक, ऐतिहासिक पाटोलाई वैचारिक रुपमा प्रस्तुत गरिएको बताइन् ।

प्राध्यापक गुप्तोले संग्रहभित्र रहेको चिन्तन र विचारहरु केवल खास समुदायको मात्र नभएर सग्रह समाजसँग सम्बन्धीत रहेको सुनाए ।

लामाको यसअघि निबन्धसङ्ग्रह ‘उज्यालो अन्धकार’ र ‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’ प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?