मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब एआईले नै बनाइदिने छ विज्ञापनको भिडि‌यो 

काठमाडौँ – ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)मा    भइरहेको नयाँ नयाँ चमत्कारकाबीच अब विज्ञापन भिडियो बनाइदिने एआई समेत आउने भएको छ । 

ईकमर्स कम्पनी अमेजनले यस्तै सुविधा दिने एआई टुल विकास गर्न लागि परेको हो । कम्पनीले एउटा फोटोको आधारमा उक्त उत्पादनको भिडिओ बनाउने टुल ल्याउन लागेको हो ।

अमेजनका बिक्रेताहरूले पहुँच पाउने बताइएको यो टुलमा ‘लाइभ इमेजेज’ र ‘भिडिओ जेनेरेटर’ गरी दुई ओटा टुल हुनेछन् । 

जसमा लाइभ इमेजेज टुल एनिमेटेड जिफ जस्तै हुनेछ । यस टुलले कुनै पनि फोटोमा सामान्य एनिमेसन गरेर गिफ जस्तै बनाइदिने सुविधा प्रदान गर्दा  भिडिओ जेनेरेटर टुलमा भने अलि बढी काम गर्न सकिन्छ । 

यस टुलबाट प्रडक्टको विज्ञापन बनाउन प्रयोगकर्ताले सामान्य टेक्स्ट लेखे पुग्छ । यसले विज्ञापन भिडियो, एनिमेसन बनाउन लाग्ने बिक्रेताको रकम बचाउने  छ । कम्पनीले चाँडै नै यस एआई टुल उपलब्ध गराउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?