मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तुप पन्तले ल्याए लोकदोहोरी गीत ‘मगमग बासना’ (भिडियो)

काठमाडौँ– गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ ।

लोकप्रिय श्रर्जक, संगीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको रोमान्टिक शैलीको गीतमा गायक पङ्गेनी र रचनाको स्वरमा गीत कर्णप्रिय बानेको छ । गीतमा माया प्रेमबाटै अन्तयात्रा हुनसक्ने चर्चा गरिएको छ ।

लोक तथा आधुनिक गीतसंगीतमा एउटा अलग्गै उचाइ बनाउन सफल सर्जक पन्तको यो गीतले पछिल्लो समय लोकगीतसंगीतमा देखिएको मौलिक खडेरी टारेको छ । गीतको एरेन्ज एचबिएन किस्मतले गरेका हुन् ।

गीतको भिडियोमा मोडल तथा कलाकार पल शाह र टिकटकबाट चर्चामा आएकी जुना विश्वकर्माको अभिनय छ ।

प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र दीपक बिष्टको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?