मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाराको कोल्हवीमा वयस्क जङ्गली हात्ती मृत फेला

बारा– बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय जंगल छेउमा वयस्क जङ्गली हात्ती मृत फेला परेको छ । 

स्थानीय कोल्हवी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरेका छन् । 

इन्स्पेक्टर बस्नेतका अनुसार हात्तीको सुढमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ । घटना बारे विस्तृत विवरण आउन बाकी रहेको इलाका प्रहरी कार्यालय  कोल्हवीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?