मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन लगाउने सनस्क्रिन ?

घामबाट बच्नको लागि प्रयोग गरिने क्रिम नै सनस्क्रिन हो ।  यो मुख्यतः ३ खालको हुन्छ: क्रिम, जेल र लोसनमा ।

विज्ञहरू चिल्लो छालाका लागि जेलबेस्ड उपयुक्त हुन्छ भने सुख्खा छालाका लागि हामीले क्रिम लगाउन  सुझाव दिन्छन् । त्यसैगरी जसको चिल्लो र सुख्खा दुवै छैन र मिस्क प्रकारको छाला छ भने उनीहरूलाई लोसनबेस्ड सनस्क्रिन उपयुक्त हुन्छ । 

घाममा हिँड्दा मात्र सनस्क्रिनको प्रयोग गर्नुपर्छ भन्ने छैन । बादल लागेको बेला, पानी परेको बेला, बसभित्र यात्रा गर्दा, घरमै रहँदा पनि सनस्क्रिन लगाउनुपर्छ । 

घरभित्रबाट बस्दा पनि झ्यालबाट विकिरणहरू आउन सक्छन् । सनस्क्रिनको प्रयोग आफ्नो छालाको प्रकारअनुसार प्रयोग गर्नु उचित हुन्छ ।

सनस्क्रिनमा एक्टिभ इन्ग्रेडिएन्टले सूर्यको युभी र युभीबी किरणबाट बचाइराख्छ । त्यसैले सनस्क्रिनको छनोट गर्दा सही इन्ग्रेडिएन्ट भएको हुनुपर्छ ।

सनस्क्रिन खरिद गर्नुअघि एसपिएफ नम्बरमा पनि ध्यान दिनुपर्छ । कति समयसम्म सूर्यको सम्पर्कमा रहँदा छालाको सुरक्षा गर्छ सोहीअनुसार एसपिएफको प्रयोग गर्नुपर्छ । 

लामो समयसम्म घरबाट बाहिर बस्नेले धेरै एसपिएफ भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । घाममा कम हिँड्नेले कम एसपिएफ भएको प्रयोग गर्न सक्छन् । त्यसैगरी सनस्क्रिन वाटर रेसिस्टेन्ट भएको प्रयोग गर्नुपर्छ ।

गर्मीमा स्विमिङ गर्दा वा पसिना धेरै निस्कदा सनस्क्रिनले काम गर्दैन । त्यसैले वाटर रेसिस्टेन्ट भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । सनस्क्रिन खरिद गर्दा उत्पादन मिति हेर्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?