मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खुट्टा खप्टाएर बस्दा स्वास्थ्यमा पर्छ यस्तो नकारात्मक असर

हामीमध्ये प्रायः कुर्सीमा बस्दा एउटा खुट्टा अर्को खुट्टामा खप्टाएर बस्ने गर्छौँ। तर, लामो समयसम्म यो आशनमा बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो नभएको एक अध्ययनले देखाएको छ।

यसरी बस्दा शरीर स्वाभाविक अवस्थामा नरहने भएकाले स्वास्थ्यमा समस्या देखिन सक्ने बताइएको छ।

खुट्टा खप्टिएर बस्ने बानी भएकाहरूलाई छोटो–छोटो समयमै बसाइको तरिका परिवर्तन गर्न  विज्ञहरू सुझाउँछन्। लामो समयसम्म खुट्टा खप्टाएर बस्दा आउन सक्ने  समस्या यस्ता छन्:

–यस्तो आसनमा बस्दा शरीरको नसामा बढी प्रेसर पर्न जान्छ । रगत मुटुतर्फ नगई खुट्टातर्फ जाने गर्छ , जसका कारण मुटुमा असर गर्छ

–लामो समय एउटा खुट्टा अर्को खुट्टामाथि राख्दा गुप्तांगको हड्डी दुख्छ र गुप्तांगमा नै असर गर्छ ।

 –शरीर अस्वाभाविक आकारमा रहने भएकोले लामो समय खुट्टा खप्टाउँदा ढाड दुख्छ ।

 –यो पोजिसनमा लामो समय बस्दा नसामा प्रेसर बढ्ने भएकोले नसा खिइने सम्भावना हुन्छ ।

–खुट्टा खप्टाउँदा स्पाइडर भेनमा रगत जम्मा हुने र यसले स्पाईडर कर्डमा समस्या गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?