मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अत्याधिक नुन सेवन गर्नुहुन्छ ? हुन्छ यस्तो समस्या

काठमाडौँ– स्वाद बढाउनका लागि अधिकांश मानिसहरु खानामा धेरै नुनको प्रयोग गर्ने गर्छन् । स्वादको लागि यो निकै मिठो हुने भए पनि स्वास्थ्यको हिसाबले हानीकारक हो । नुनको अत्याधिक सेवनले गर्दा तपाईको मुटुमा नकरात्मक असर पर्न सक्छ । यसले किड्नी फेलजस्ता गम्भीर प्रकृतीको रोगसमेत लाग्ने गर्छ । आज हामी तपाईलाई अत्याधिक नुन सेवनको कारण हुने नकरात्मक असरको बारेमा जानकारी दिने छौँ ।

स्वास्थ्यमा असर
नुनको अत्याधिक सेवनले गर्दा स्वास्थ्यमा नकरात्मक असर पर्ने गर्छ । नुनमा सोडियम र मिनरल्स जस्ता पदार्थ हुने गर्छ । जुन शरीरको लागि निकै आवश्यक हुन्छ । तर यसको धेरै सेवनले शरीरमा नराम्रो असर पनि पार्ने गर्छ । चिकित्सकहरुका अनुसार सोडियम धेरै र्भ पनि शरीरमा पानीमो मात्रा बढ्छ । यसले गर्दा विभिन्न समस्या उत्पन्न हुन सक्छ ।

उच्च रक्तचापको समस्या
नुनको अत्याधिक सेवनले उच्च रक्तचापको समस्या बढ्छ । जसले गर्दा उच्च रक्त चाप हुन्छ । उच्च रक्तचापको कारण मुटमा अत्याधिक दबाब पर्न सक्छ । मुटुसम्बन्धी विरामहरुको लागि थप खतरा हुन सक्छ । लामो समयसम्म यो समस्याको सामना गर्नुपरेमा हार्टफेलसमेत हुन सक्छ ।

मृगौला पत्थरको जोखिम
अत्याधिक नुन सेवनले मिर्गौलामा पत्थरी हुने खतरा पनि बढाउँछ । नुनका कारण पिसाबमा क्याल्सियमको मात्रा बढ्छ । जुन युरिक एसिडसँग मिल्छ र क्रिस्टल बनाउँछ। यी क्रिस्टलहरू बढेर मृगौलाको पत्थरी बनाउँछन्, जसले मृगौलाको कार्यलाई असर गर्न सक्छ।

क्याल्सियमको कमी
नुनको अत्यधिक सेवनले पनि क्याल्सियमको कमी हुन सक्छ। अत्याधिक नुनको सेवनले पानीको मात्रा बढ्छ र बारम्बार ट्वाइलेट जानु पर्ने हुन्छ । जसले शरीरमा आवश्यक मिनरल्सको कमी हुन जान्छ। क्याल्सियमको कमीले हड्डी कमजोर बनाउँछ । मुटुको धड्कनलाई असर गर्छ र रगत मोटो हुने समस्या पनि निम्त्याउँछ।

अन्य स्वास्थ्य समस्याहरू
मुटु र मृगौला मात्र होइन, अत्याधिक नुन सेवनले कपाल झर्ने, हड्डी कमजोर हुने, मोटोपना, क्रोध र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ । थप रूपमा, अत्यधिक नुन सेवनले हड्डीहरू कमजोर बनाउँछ, जसले भाँच्न र हड्डी भाँच्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?