मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी हटाउने बिर्सने समस्या ?

मनस्थितिमा सबै कुरा बस्न सक्दैन । कति कुरा चाँडै बिर्सन पनि आवश्यक छ तर धेरै कुरा हाम्रो जीवनमा दोहोरिइरहने भएकाले सम्झन पर्छ । पढेका कुरा सम्झन आवश्यक छ भने दुःख, पिर, व्यथा र वेदनाका कुरा बिर्सन सक्नुपर्छ ।

तर धेरै कुरा जुन दैनिक जीवनमा आइरहन्छन् ती कुरा पनि सम्झन सक्नुभएको छैन भने मेमोरी पावर बढाउने निम्न टिप्स तपाईँका लागि उपयोगी बन्न सक्छन् ।

वंशाणुगत गुण, विभिन्न मानसिक रोग, अत्यधिक थकाई तथा अन्य विविध कारणले गुम्दै गएको मेमोरी पावर नियमित व्यायाम गरेर फेरी कायम राख्न सकिन्छ ।

धेरै उमेर भएको वयस्कहरूमा अल्जाइमरको लक्षण देखिने बित्तिकै यदि उनले दैनिक रूपमा व्यायाम गर्छन् भने सम्झने क्षमतामा वृद्धि हुने एक सर्वेले बताएको छ ।

त्यसैले मस्तिष्क लाई सुरक्षात्मक असर उत्पन्न गराउन दैनिक रूपमा व्यायाम गर्नुपर्ने अमेरिकाको रश विश्वविद्यालयले खोज अनुसन्धान बाट पत्ता लगाएको हो ।

त्यस्तै शरीरको व्यायामसँगै दिमागको पनि व्यायाम गर्ने, थकान मेट्ने गरी सुत्ने, सबैसँग रमाइलो र राम्रो व्यवहार गर्नाले पनि धेरै कुरा सम्झनामा आउने गर्दछ ।

दिमागको सबैभन्दा ठूलो सत्रु तनाव हो । तनाव कम भए तपाईँको दिमागले सधैँ नयाँ सृजनशील कुरा गरिरहेको र सिकिरहेको हुन्छ । साथै स्मरण शक्ति पनि बढ्छ ।

गोलभेँडा , ओखर, स्ट्रबेरी, दही, जाइफल, तुलसी, अलैँची, चिया, कफी, बेसार, दालचिनी तथा मरीचको नियमित सेवन गरेर पनि मस्तिष्कको क्षमता वृद्धि गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?