मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् ‘हट स्टोन मसाज’ को फाइदा

हट स्टोन मसाज प्राकृतिक चिकित्साको एउटा महत्त्वपूर्ण विधा हो। यसमा विशेषगरी ढुङ्गाको प्रयोग गरी शरीरमा मसाज गरिन्छ। शुरुमा तेलले मसाज गरिसकेपछि मनतातो ढुङ्गाले शरीरलाई तातो दिने कार्य गरिन्छ।

मसाज गर्ने ढुङ्गा तातोले नफुट्ने र चिल्लो खालको हुनुपर्छ। पहिले हट स्टोन मसाज स्पामा मात्र गर्ने गरिन्थ्यो तर पछिल्लो समय भने धेरै आयुर्वेदिक अस्पतालहरूमा पनि यो मसाज गरिन्छ।

हट स्टोन मसाज जाडोयाममा बढी लाभदायी मानिन्छ। प्राकृतिक पद्धतिबाट यो मसाज गर्ने हुनाले यसले शरीरलाई फुर्तिलो राख्न मद्दत गर्छ।

चिसो धेरै लाग्ने, बाथका रोगी ,हाडजोर्नीमा समस्या हुने, जोर्नी दुखिरहने, ट्रेकिङ गरिरहने वा पिनासको समस्या भएका व्यक्तिले नियमित हट स्टोन मसाज गर्दा लाभदायी हुन्छ। मसल टाइट छ भने पनि यसले खुकुलो बनाएर सजिलो बनाउँछ।

यसका साथै हटस्टोन मसाज गर्नका लागि बिरामी नै हुनुपर्छ भन्ने छैन। जाडोयाममा स्वस्थ व्यक्तिले पनि महिनामा एकपटक हट स्टोन मसाज गर्दा शरीरमा स्फूर्ति बढ्छ।

तर ज्वरो आएका व्यक्ति, छालामा समस्या भएका व्यक्ति, गर्भवती, भर्खर शल्यक्रिया गरेका बिरामीले भने यो मसाज गर्नु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?