मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धार्मिक एवं सांस्कृतिक पहिचानलाई जोगाउन गुम्बा व्यवस्थापन तालिम

काठमाडौँ– धार्मिक एवं सांस्कृतिक पहिचानलाई जोगाउन गुम्बा व्यवस्थापनका लागि तालिम प्रदान गरिएको छ ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले हालै राजधानीमा दुई दिनसम्म गुम्बा व्यवस्थापनका लागि सीप, शैली र दक्षतालाई केन्द्रीत गरी तालिक सञ्चालन गरेको थियो ।

गुम्बाहरूको उचित व्यवस्थापन, संरक्षण तथा धार्मिक गतिविधिहरूको प्रभावकारी समन्वयका तथा यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न सञ्चालन गरिएको तालिममा देशभरका तीन दर्जनभन्दा बढी स्थानीय गुम्बा व्यवस्थापक, प्रतिनिधि तथा धार्मिक गुरुहरू सहभागी थिए ।

तालिममा प्रशिक्षकहरु सन्जु योङ्ग्या, रामबाबु सापकोटा, विनिता भण्डारी, सन्जिवकुमार लामा र गंगाकुमारी गुरुङले गुम्बा व्यवस्थापनको सीप, चुस्त व्यवस्थापन तथा सञ्चालनमा आइपर्ने समस्या र समाधानबारे प्रशिक्षण दिएका थिए ।

प्रशिक्षकहरुले विशेषत गुम्बा व्यवस्थापनका लागि चाहिने स्रोतसाधन र यसको व्यवस्थापन, आर्थिक पारदर्शिता तथा धार्मिक गतिविधिहरू सम्बन्धमा जोड दिँदै यसै सम्बन्धमा जानकारी दिएका थिए ।

गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम दोङले गुम्बाको ज्ञानलाई समुदायसँग जोडिनुपर्ने धारणा राखे । यसका लागि गुम्बा व्यवस्थापनमा पारदर्शितासँगै चुस्त तथा दुरुस्त हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?