मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो इन्स्टाग्रामको ‘टीन अकाउन्ट’ ?

काठमाडौँ – लोकप्रिय सोसल मिडिया प्लेटफर्म इन्स्टाग्रामले नाबालिगहरूका लागि महत्त्वपूर्ण कदम चाल्ने भएको छ । यो उमेर समूहका लागि कम्पनीले इन्स्टाग्राम टीन अकाउन्टको प्रस्ताव राखेको हो ।

यो विशेष गरी किशोर अवस्थाका प्रयोगकर्ता अर्थात् १६ वर्ष मुनिका बच्चाहरूका लागि गरिएको ठूलो परिवर्तन हो ।

यसको अर्थ, तपाईँको बच्चाले यो अकाउन्टका साथ इन्स्टाग्राम प्रयोग गर्न पाउनेछन्, तर यसलाई अभिभावकले नै मार्गदर्शन गर्न सक्नेछन् । 

टीन अकाउन्ट कम्पनीको तर्फबाट निर्मित सुरक्षा हो, जसको साथमा बच्चाहरूलाई को सम्पर्क गर्छ र तिनीहरूले के सामग्री हेर्न सक्छन् भन्ने कुरा नियन्त्रण गर्न सकिनेछ ।

यो अकाउन्टडिफल्ट प्राइभेट अकाउन्टका रुपमा रहने छ ।  जसले किशोरहरूलाई फलो गर्दैनन्, तिनीहरूले न त उनीहरूसँग कुरा गर्न सक्नेछन्, न त उनीहरूको सामग्री हेर्न सक्नेछन् । यो नियम १६ वर्षभन्दा कम उमेरका बच्चाहरूका लागि लागू हुनेछ । 

त्यस्तै अब अपरिचित व्यक्तिहरूले किशोरहरूलाई सजिलै म्यासेज गर्न सक्ने छैनन् भने किशोरकिशोरीहरूले अब प्लेटफर्ममा संवेदनशील सामग्री हेर्न पाउने छैनन् । 

किशोरहरूले अब एपमा ६० मिनेट बिताएपछि एप छोड्ने सूचनाको प्राप्ति गर्नेछन् । यो सूचना टीन अकाउन्टमा हरेक दिन पठाइनेछ । त्यस्तै टीन अकाउन्टका लागि स्लीप मोड राति १० बजेपछि शुरु हुनेछ र बिहान ७ बजेसम्म सक्रिय रहनेछ ।

यस समयमा सूचनाहरू म्यूट रहनेछन् र डिएमका लागि स्वतः जवाफ दिने फिचर काम गर्नेछन् । यससँगै अकाउन्टमा कम्पनीको तर्फबाट एंटी–बुलिङ जस्ता फिचरहरू पनि सुरु हुनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?