मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अम्बाको फलसँगै पातबाट पनि मिल्छ यस्ता स्वास्थ्यलाभ

हामीले अम्बा खाइरहँदा त्यसको पातको वास्ता गरेका हुँदैनौँ । तर, अम्बाको पातको रस मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको अध्ययनहरूले देखाएको छ । 

अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजोलाई सफा गर्ने काम गर्दछ । अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा मिल्छ । 

यदि तपाईँ कपाललाई लामो बनाउन वा छिटो बढाउन चाहनहुन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ । अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निने लगायतका समस्या समाधान गर्छ । 

यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ । अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि लागि निकै फाइदाजनक हुन्छ । यस्तै अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वास्थ्य बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।

४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा डाईरीया कम गराउँछ । अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ । अम्बाको पातको रस खानाले कोलेस्ट्रोल नियन्त्रण गर्नमा मद्दत गर्दछ, किनकि यसमा सेचुरेटेड फ्याट निकै कम पाइन्छ र खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्दछ । 

यदि तपाईँ डन्डिफोरको समस्याबाट आजित हुनुहुन्छ भने अम्बाको पात पिसेर दल्न सक्नुहुनेछ । किनकि, अम्बाको पातमा डन्डिफोरलाई समेत निको पार्ने शक्ति हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?