मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लोकपप ब्याण्ड कन्दराले वर्ल्ड टुर गर्ने

काठमाडौँ – लोकप्रिय नेपाली लोकपप ब्याण्ड कन्दराले वल्र्ड टुर गर्ने भएको छ । व्याण्डले आफ्नो स्थापनाको ३२ वर्षको अवसरमा यस्तो घोषणा गरेको हो ।

सन् २०२४–२५ का लागि ब्याण्डले आठ मुलुकमा कन्सर्टको लाइनअप पनि सार्वजनिक गरेको छ ।

पहिले घरदेश अनि परदेश भन्ने उदेश्यसहित घोषित कार्यक्रम अनुसार ब्याण्डले अक्टोबर– नोभेम्बरमा नेपालका विभिन्न स्थानमा साङ्गीतिक प्रस्तुति दिनेछ । 

त्यसपछि नोभेम्बर–डिसेम्बरमा युरोप, जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका र जुनमा क्यानडामा टुर गर्ने मिति तय गरिएको छ ।

यो टुरमा लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, गितारमा देव लामा, बेस गितारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा नीरज बिके रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?