मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डिहाइड्रेसन कस्तो समस्या हो ? स्वास्थ्यमा आउन सक्छ यस्तो जोखिम

हाम्रो शरीरमा पानीको कमी भयो भने डिहाईड्रेसन हुन्छ । डिहाईड्रेसनले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । पानी हाम्रो शरीरका लागि अत्यावश्यक कुरा हो । शरीरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी नभई हुँदैन ।

पसिना र पिसाबबाट हाम्रो शरीरको पानी जाने गर्छ । जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ ।

हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पानी बाहिर धेरै निस्किने स्थितिमा पानी पनि उत्तिकै पिउन जरुरी छ  ।

यसकारण आज हामी तपाईँलाई शरीरमा पानीको मात्रा कमी भएर डिहाईड्रेसन हुँदा स्वास्थ्यमा के–कस्ता समस्याहरू निम्तन्छन् भन्ने विषयमा जानकारी गराउँछौ । 

थकान

पानीले शरीरलाई ऊर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीरको सबै प्रक्रियामा असर पर्छ । पानी कम हुँदा थकान र सुस्तता महसुस हुन्छ । शरीरमा ऊर्जा नहुँदा मानिस शारीरिक रूपमा सक्रिय हुन सक्दैनन्।

मिर्गौलाको समस्या

शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्त्वको निर्माण हुन्छ । यी विषाक्त पदार्थ शरीरबाट बाहिर निकाल्न जरुरत हुन्छ । पानी कम हुँदा यस्ता विषालु तत्त्व शरीरमा बनिरहन्छन् र कयौँ प्रकारका रोग लाग्न सक्छन्।् । 

रक्तचाप

गर्मीमा अक्सर पसिना बढी बग्दा शरीरको रगतमा मौजुद पानीको मात्रामा कमी आउन सक्छ । यस्तो अवस्थामा धेरै पानी खाने सल्लाह दिइन्छ । उच्च रक्तचापका बिरामीले छिन–छिनमा पानी पिउनुपर्छ । शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ ।

उच्च कोलेस्ट्रोलको समस्या

उच्च कोलेस्ट्रोल एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ । जब आवश्यकताको हिसाबले पानी पिइदैंन, शरीरले बढी मात्रामा कोलेस्ट्रोल निर्माण गर्छ । यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्ट्रोलको समस्या पैदा हुँदैन ।

छालासम्बन्धी समस्या

पानीमार्फत छालाको राम्रो हेरचाह हुन्छ । छालाले शरीरका लागि सुरक्षा कवचको काम गर्छ । यसले पानीको स्तर पनि नियन्त्रित गर्छ । पानी भरपुर पिउनाले छाला नरम पनि बन्छ । पानीको कमी हुँदा छाला रुखो र निस्तेज हुन्छ । डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या निम्तने डर हुन्छ ।

पाचनसम्बन्धी समस्या

शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबाट शरीरमा पाचनसम्बन्धी कयौँ समस्या निम्तन सक्छ । जस्तै, अल्सर, ग्यास आदि । खाना पचाउन पनि पानी आवश्यक हुन्छ ।

मानसिक स्वास्थ्यमा असर

डिहाइड्रेसनले मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ । अनुसन्धानकर्ताहरुले के पाएका छन् भने शरीरमा जब पानीको कमी हुन्छ, त्यसले उसको दिमागी गतिविधिमा निकै असर पार्छ ।

श्वासप्रश्वासमा समस्या

जब शरीरमा पानीको कमी हुन्छ, त्यसपछि श्वासप्रश्वास प्रणालीमा समस्या पैदा हुन्छ । जसकारण श्वास लिन समस्या हुन्छ । यदि अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानी पिउन दिनुपर्छ । पानीका साथ जुस, नरिवल पानी, लस्सी आदि भरपुर पिउन दिनुपर्छ । यसबाट तीव्र गतिमा श्वास लिने समस्या कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?