मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जातीय द्वन्द्वपछि भारतको मणिपुरमा विद्यालय तथा इन्टरनेट सेवा शुरु

काठमाडौँ – जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरी बीचको झडपका कारण बन्द भएको एक हप्ता पछि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा मङ्गलबार देखि विद्यालयहरू पुनः खोलिएको स्थानीय सरकारले जनाएको छ।

मणिपुरमा सन् २०२३ मे मा सुरु भएको हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच लडाइँका कारण कम्तिमा २०० जनाको ज्यान लिएको स्रोतले जनाएको छ।

त्यहि समय देखि युद्धग्रस्त म्यानमारको सिमानामा रहेको उत्तरपूर्वी राज्यमा समुदायहरू प्रतिद्वन्द्वी समूहहरूमा विभाजित भएका छन्।

केहि समयको सापेक्षिक शान्ति पछि, पछिल्लो समय फेरि हिंसा बल्झिदा कम्तिमा ११ जनाको मृत्यु भएको थियो।

मणिपुरको राजधानी इम्फालमा लडाइँको विरोधमा मेइतेई विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रुप धारण गर्दा राज्यका केही भागहरूमा कर्फ्यू र इन्टरनेट ब्ल्याकआउट जारी गर्न बाध्य तुल्यायो।

हाल हिंसा कम भएसँगै इन्टरनेट सेवा पुनःस्थापित भएको छ भने मङ्गलबारदेखि सबै विद्यालयमा सामान्य कक्षाहरू पुनः सुरु गर्न सरकारी आदेश जारी गरिएको छ।

मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले सबैलाई जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न तथा शान्ति र सद्भाव बिगार्ने कुनै सामग्री पोस्ट नगर्न आग्रह गरेका छन्।

यसैबीच अधिकारकर्मीहरूले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?