मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संविधान दिवसको अवसर पारेर  प्रदर्शनमा आयो ‘खुस्मा’

काठमाडौँ – नयाँ नेपाली फिल्म शुक्रबार रिलिज गर्ने परम्परा तोड्दै फिल्म ‘खुस्मा’ बिहीबारबाटै प्रदर्शनमा आएको छ ।   

आज संविधान दिवसको विशेष अवसर पारेर यो फिल्म आजबाट प्रदर्शनमा आएको हो ।

तर  अघिल्लो साताहरूमा प्रदर्शनमा आएको ‘शाम्बाला’ र बलिउडको ‘स्त्री २’लगायत केही फिल्मले ओगटेका कारण ‘खुस्मा’ले  देशभरका हलका सबै स्टेसन भने पाएको छैन । 

अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको फिल्म ‘खुस्मा’ मगर समुदायको पृष्ठभूमिमा आधारित प्रेमकथामा बनेको फिल्म हो । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । 

फिल्ममा धिरज मगर उपासना सिंह ठकुरी,  माओत्से गुरुङ, खड्क बहादुर पुन , सुजाता राई, विजय संयोजक सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।

वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको फिल्ममा सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?