मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, यी कलाकारले प्रस्तुती दिने

काठमाडौँ – संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै छ । यो अवसरमा आज काठमाडौँको दरबारमार्ग क्षेत्रमा ‘नेसनल डे कन्सर्ट’ को आयोजना हुँदै छ।

कन्सर्टका लागि बुधबारदेखि नै सवारी आवागमन ठप्प पारेर कन्सर्टको तयारी गरिएको छ । नागरिकस्तरबाट आयोजना गरिएको बताइएको यस कार्यक्रममा सहभागी हुन सरकारले दूरसञ्चार सेवा प्रदायकमार्फत सन्देश नै पठाएर आह्वान गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुँदै छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार संविधान दिवसको दिन दरबारमार्गमा विभिन्न कार्यक्रमहरूको आयोजना हुँदै छ।

अपराह्न ४ बजेदेखि नै त्यहाँ विभिन्न फुड स्टलहरू राखिँदै छ। त्यस्तै ५ बजेदेखि भने कन्सर्ट शुरू हुँदै छ। यस कार्यक्रममा कुनै सम्बोधन, कुनै आसन ग्रहण लगायतका काम भने हुनेछैन।

विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्। त्यस्तै, गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम रहेको बोर्डका अध्यक्ष डिसीले जानकारी दिए। 

त्यसैगरी, अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत कलाकारहरू आउँदै छन्।

कन्सर्टमा गायकहरूले एउटा प्रस्तुति दिनेछन्। यसरी शुरू हुने कार्यक्रम साढे ७ बजेसम्म हुने बोर्डका अध्यक्ष डिसीले बताए ।त्यसैगरी साढे ७ बजेदेखि भने अतिशबाजी गरिने र कार्यक्रम समापन गरिने उनले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?