मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्यानलाई चिया पिलाउन नेपाल आएका डोली चायवाला को हुन् ?

काठमाडौँ- चिया बेचेर चर्चा कमाएका डोली चायवाला अहिले नेपालमा छन् । यससँगै नेपालमा पनि उनको चर्चा चुलिएको छ । उनी गत सोमबार बेलुकी झापाको काँकडभिट्टा हुँदै नेपाल आएका थिए ।

उनी दुई जना अंगरक्षक र दुई जना व्यवस्थापकसहित नेपाल आइपुगेका छन् । झापामा रहँदा उनी आफ्नो टोलीसहित धुलाबारीको मेची क्राउन प्लाजा पाँचतारे होटलमा बास बसेका थिए ।

झापाको लङ्का रिसोर्टमा उनले रजनीकान्ट स्टाइलमा चिया बनाएर अतिथिलाई पिलाएका थिए । झापाका कार्यक्रम सकिएपछि उनी अहिले काठमाडौं आइपुगेका छन् ।

चिया बनाएर सामाजिक सञ्जालमा भाइरल भाइरल बनेका डोलीले एक पल्ट अमेरिकी धनाढ्य तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पनि चिया पिलाएका थिए । त्यसपछि संसारका ठूला मिडियाले उनको समाचार छापेपछि उनको लोकप्रियता थप बढ्दै गयो ।

पछिल्लो समय उनी विदेश भ्रमणमा व्यस्त देखिन्छन् । १७ वर्षदेखि चिया बेच्दै आएका डोली चायवालाको वास्तविक नाम भने सुनिल पाटिल हो । उनकी गर्लफ्रेण्डले उनलाई डोली भनेर बोलाउँथिइन् । त्यही भएर उनले आफ्नो पहिचान नै डोली चायवाला राखेका छन् ।

आफ्नो अलग अन्दाजमा चिया बनाउने डोली चायवाला भारतसँगै विश्वभर चर्चित छन् । पहिले पनि उनले चिया बनाएको भिडियो करोडौँले हेरेका छन् । सामाजिक सञ्जालमा पनि उनका दशौँ लाख फलोअर्स छन् ।

उनको चिया भन्दापनि चिया बनाउने शैलीबाट मानिसहरु प्रभावित छन् । उनले विशिष्ट हाउभाउ र भावभङ्गीले चिया बनाउँछन् । ग्राहकका लागि चिया बनाउने र चुरोट सल्काउने उनको विधि अचम्मैको छ ।

उनको ड्रेसअप पनि फरक किसिमको हुने गरेको छ । उनी प्रायः फिटिङ सर्ट लगाउँछन्, हेयरस्टाइल पनि कुनै कोरियन फिल्मको हिरोजस्तो । उनी आँखामा चश्मा, गलामा नेकलेस र कानमा लामो इयरबड्सका साथ देखा पर्छन् । धेरैले उनको भावभङ्गी हलिउड फिल्म श्रृङ्खला ‘पाइरेट्स अफ द क्यारेबियनका नायक जोनी डेपको जस्तो रहेको भन्ने गरेका छन् ।

उनले आफ्नो पहिरन मौलिक नभएको पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘मैले दक्षिण भारतीय फिल्मबाट यो पहिरनको नक्कल गरेको हुँ ।’

उनले चिया बेच्ने ठेला महाराष्ट्र राज्यको नागपुरस्थित रवीन्द्रनाथ टेगोर मार्गमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?