मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालमा प्रिमियर हुँदै डकुमेन्ट्री ‘द अनसाइलेन्ड’

काठमाडौँ– प्रमोद लामिछानेद्वारा निर्मित वृत्तचित्र ‘द अनसाइलेन्स्ड’ को नेपालमा प्रिमियर हुने भएको छ । असोज २० गते काठमाडौंको सीटीसी मलस्थित सीडीसी सिनेमाजमा प्रदर्शनी हुँदैछ ।

वेन फिल्म्स प्रा.लि.को विशेष प्रस्तुति रहेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो । टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाहरुको संघर्षको कथा समेटिएको छ ।

जहाँ उनीहरुको सामाजिक मान्यताहरूसँगको चुनौतीपूर्ण यात्रा र जीवनको पुनःनिर्माणका अनुभवलाई चित्रण गरिएको छ । डकुमेन्ट्री एक घण्टा नौ मिनेट लामो छ । यसमा राधा, माया, सुन्दरी, र सुकुनको जीवनका अद्भुत यात्रालाई प्रस्तुत गरिएको छ ।

नेपालपछि यो डकुमेन्ट्रीको अन्तर्राष्ट्रिय प्रिमियर सिड्नी अस्ट्रेलियाको प्यालेस सेन्ट्रल सिनेमाजमा अक्टोबर ३१ तारिखमा हुनेछ । त्यसैगरि, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकाको लाएमल्ले थिएटर्समा २०२५ जनवरी १ मा प्रदर्शनी हुनेछ ।

यो डकुमेन्ट्री इन्टरनेशनल इन्डिपेन्डेन्ट फिल्म अवार्डमा गोल्ड विजेता, इटालीको रियाले फिल्म फेस्टिभलमा अवार्डको विजेता बनेको थियो ।

त्यसैगरि, लिभरपुल बेलायतको इन्डी अवाड्र्समा फाइनलिस्ट, बार्सिलोना स्पेनको इन्डी अवाड्र्समा फाइनलिस्ट भएको यो डकुमेन्ट्री डेनमार्कको इन्टरनेशनल विमेन्स फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसस, रोमानियाको सिनेमेटिक युरोपियन फिल्म फेस्टिभल, टोकियो जापानको लिफ्ट अफ फिल्म फेस्टिभल र न्युयोर्क फिल्म एन्ड सिनेमाटोग्राफी अवाड्र्समा अफिसियल छनोट भएको थियो ।

वेन फिल्म्सले अहिले नेपाल, लिथुआनिया, संयुक्त राज्य अमेरिका र बेलायतमा आफ्नो कार्यालयहरू सहित विश्वव्यापी रूपमा संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?