मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शास्त्रअनुसार कुन तिथिमा कसको श्राद्ध गरिन्छ  ?

पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध आजबाट शुरु भएको छ । पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्यु तिथि समातेर श्राद्ध गर्दछन्।

केही मानिस, जसलाई आफ्ना परिवारजनको मृत्यु तिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखेर पितृ पक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ। जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनको आत्मालाई शान्ति प्राप्त हुन्छ।

शास्त्रअनुसार कुन तिथिमा कसको श्राद्ध गरिन्छ त ?
-जसको अपमृत्युमा भएको छ जसमा कुनै दुर्घटना परी, सर्पको डसाइबाट, विष सेवनबाट, शस्त्र प्रहारबाट, हत्याबाट, आत्महत्या वा अन्य कुनै तरिकाको अस्वाभाविक रूपमा निधन भएका पितृहरूको श्राद्ध चतुर्दशी तिथिका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।

-जसको मृत्यु सामान्य एवं स्वाभाविक चतुर्दशी तिथिमा भएको छ, उनीहरूको श्राद्ध पितृ पक्षको त्रयोदशी अथवा अमावस्याका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।

-काल गतिले मरेकाहरूको श्राद्ध भाद्र पूर्णिमा वा आश्विन कृष्ण अमावस्याका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।

– सौभाग्यवती महिला अर्थात् पति जीवित छँदै मरेका महिलाको श्राद्ध पनि केवल पितृ पक्षको नवमी तिथिमा गर्नु भन्ने कुरा उल्लेख छ।
– सन्यासीहरूको श्राद्ध केवल पितृ पक्षको द्वादशीमै गर्नुपर्छ।

– मामाघरको हजुरबा तथा हजुरआमाको श्राद्ध केवल आश्विन शुक्ल प्रतिपदामै गर्नुपर्छ भन्ने कुरा शास्त्र उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?