मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कृति–पुलकितको हल्दी समारोहका केही नदेखेका तस्विरहरु सार्वजनिक

काठमाडौँ – अभिनेता पुलकित सम्राट र कृति खरबन्दको विवाह भएको केही महिनापछि उनीहरुको साथी ऋचा चड्डाले उनीहरुका केही तस्बिर सेयर गरेकी छन् । सामाजिक सञ्जालमा सेयर गरिएका यी तस्विरहरु कृति–पुलकितको हल्दी समारोहका हुन् ।

कृति खरबन्द र पुलकित सम्राटले १५ मार्च २०२४ मा विवाह गरेका थिए । अब उनीहरुको विवाहको ६ महिनापछि उनीहरुको हल्दी समारोहका केही नदेखेका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । यी तस्विरहरु अभिनेत्री ऋचा चड्डाले शेयर गरेकी छिन् ।

कृतिले आफ्नो हल्दी समारोहका लागि सुन्तला रंगको सुन्दर पोशाक छनोट गरेकी थिइन् । उनले यसलाई सुनौलो झुम्कासँग जोडिन्। पुलकित पहेंलो रंगको कुर्तामा देखिएका थिए ।

ऋचाले सेयर गरेको एउटा तस्विरमा कृतिको आँखामा आँसु देखिन्छ । आमालाई देखेपछि अभिनेत्री भावुक बनेको देखिन्छ ।जहाँ बेहुला राजा पुलकित सम्राट चर्को नाच्दै देखिए । उनी परिवारका सदस्य र पाहुनासँग भांगडा गर्दै देखिएका थिए ।

ऋचाले आफ्नो तस्बिर सेयर गरेकी छिन् । कृति-पुलकितको हल्दीका लागि उनले गुलाबी रंगको कफ्तान छनोट गरेकी थिइन् जसमा उनी निकै क्यूट देखिइन् ।

धेरै तस्विरमा अली फजल भुइँमा बसेर रमाइलो गरिरहेको देखिएका छन् । यस क्रममा उनी बहुरंगी कुर्तामा देखिएकी थिइन् ।

ऋचाले अली फजल र मनजोत सिंहसँगको फोटो पनि सेयर गरेकी छिन् । अली फजल, ऋचा चड्ढा, मनजोत सिंह र पुलकित सम्राटले ‘फुक्रे’ मा सँगै काम गरेका थिए र त्यसबेलादेखि उनीहरु राम्रो साथी हुन् ।

यी तस्विरहरु सेयर गर्दै ऋचाले क्याप्सनमा ‘फुक्रे’ रि-युनियन र ६ महिनाको गर्भवती भएको कुरा गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?