मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘घोर अन्याय भो’मा शिल्पा र नेत्रको रोमान्स (भिडियो)

काठमाडौँ– गायक गोविन्द राईको स्वर रहेको गीत ‘घोर अन्याय भो’ सार्वजनिक भएको छ ।

गजल शैलीमा तयार प्रेमपिडा बोल्ने गीतमा लय संग्रौलाको शब्द तथा विकास चौधरीको संगीत छ । गीतको एरेन्ज संजय हमालले गरेका हुन् ।

गीतको भिडियोमा शिल्पा पोखरेल, नव प्रस्तुति नेत्र चौलागाईको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा शिल्पाले नेत्रलाई प्रेममा धोका दिएर पुष्कर राउतसँग बिबाह गरेको देखाइएको छ । भिडियोमा शिल्पा र नेत्रको जोडी सुहाउँदो छ ।

भिडियोको निर्माण प्रज्ञा फिल्मस्ले गरेको हो । फिल्म तथा टेलिफिल्म निर्माण गर्दै आएको प्रज्ञा फिल्मस्ले अब निरन्तर भिडियो निर्माण गर्दै नव प्रतिभालाई अवसर दिने उदेश्य सहित भिडियो निर्माणमा हात बढाएको हो ।

मदन कस्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशक सुरेश पाण्डेको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?