मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुलेर पनि तताएर खान नखानुस् यी चिजहरु

यति बेला हिउँदको चिसो महिना चलिरहेको छ । यस्तो मौसममा खानेकुराहरू एक–दुई दिनको अन्तराल सम्म पनि नबिग्रने हुन्छन् ।

अझ फ्रिजमा राखिएको तरकारी, फलफूलहरू त लामो समयसम्म पनि बिग्रँदैन । हामी गर्मी होस् या जाडो महिना सजिलो र समयको बचतको हिसाबले पनि फ्रिजमा तरकारी राखेर पुनः तताएर खाने गर्दछौ । 

तर यसो गर्दै गर्दा यो हाम्रो स्वास्थ्यको लागि लाभदायी हो कि हैन भन्ने कुराको अलिकति पनि हेक्का राखिरहेको हुँदैनौ । यस्ता कतिपय तरकारीहरू छन् जुन दोस्रो पटक तताएर खान निकै हानिकारक हुन्छ ।

हिउँदमा पाइने केही तरकारीहरू यस्ता हुन्छन् जसलाई बारबार तताउँदा यसमा भएको पोषक तत्त्व घट्न वा नष्ट हुन सक्छ । साथै खानेकुरा विषाक्त पनि बन्न थाल्छन् । यसलाई खाँदा शरीरमा ‘स्लो पोइजन’को जस्तो असर देखाउन थाल्छ ।

धेरैजसो हरियो पत्तेदार तरकारी अनि जमिनमुनि फल्ने गाजर, सलगम जस्ता तरकारीमा नाइट्रेट पर्याप्त मात्रामा पाइन्छ । यी तरकारीहरूलाई दोर्होयाएर तताउँदा नाइट्रेटको मात्रै झन् धेरै बढ्छ ।

यसले शरीरमा हानी पुर्‍याउन सक्छ । दोर्होयाएर तताउँदा नाइट्रेट विषाक्त बन्छ यी तरकारीलाई तताउँदा कार्सिनोजेनिक प्रपर्टीज रिलिज हुन्छ । अर्थात् यो तत्त्वले शरीरमा क्यान्सर उत्पन्न गराउने कोषहरूलाई सक्रिय गराउँछ ।

दोस्रो पटक तताएर खान नहुने तरकारीहरू :
पालुङ्गो
खास गरी पालुङ्गोलाई एक पटक पकाइसकेपछि दोहोर्‍याएर तताउनु हुँदैन । पालुङ्गोमा आइरन धेरै मात्रामा पाइन्छ । आइरनलाई धेरै तातो पारियो भने यो अक्सिडाइज्ड हुन थाल्छ ।

आइरन अक्सिडाइज्ड भयो भने फ्री–र्याडिकल्स बन्छ । शरीरभित्र छिरेपछि यसले प्राणघातक रोग पैदा गर्न सक्छ । यसका कारण बाँझोपना र क्यान्सर पनि देखिन सक्छ ।

खाना
पाकिसकेको भातलाई दोहोर्‍याएर तेहराएर तताएर खाँदा फूड प्वाइजनिङ हुन सक्छ । भात चिसो हुन थालेपछि यसमा ब्याक्टेरिया उत्पन्न हुन थाल्छ । भात तताउँदा यी ब्याक्टेरिया नष्ट त हुन्छन् तर यसको तत्त्व भातमा पूरै मिसिन्छ । जुन विषालु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?