मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म द बकिङ्घम मर्डर्स : बक्स अफिसमा खराब अवस्थामा

काठमाडौँ – बलिउड अभिनेत्री करिना कपुरले फेरि एकपटक आफ्नो अभिनयले दर्शकलाई आकर्षित गरिरहेकी छिन् । उनको फिल्म द बकिङ्घम मर्डर्स हालै हलमा रिलिज भएको छ ।

फिल्ममा करिनाको अभिनयलाई धेरै मन पराइएको छ तर फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेको छैन । फिल्म बक्स अफिसमा खराब अवस्थामा छ । द बकिङ्घम मर्डर्स करिना कपुरको पछिल्लो १५ वर्षमा बनेको फिल्म हो जसले सप्ताहन्तमा कम कमाई गरेको छ।

द बकिङ्घम मर्डर्सको बज निकै कम थियो, जसका कारण फिल्मले पहिलो दिन खासै कमाई गर्न सकेन । त्यसपछि शनिबार–आइतबार फिल्मको कलेक्शनमा उछाल आएको छ, अहिले पनि कलेक्शन हेर्दा करिनाको फिल्मबाट यस्तो आशा गर्न सकिँदैन ।

फिल्मलाई बालाजी मोसन पिक्चर्सले प्रस्तुत गरेको हो । फिल्मको कमाईसँग सम्बन्धित आधिकारिक तथ्याङ्क यसको आधिकारिक इन्स्टा ह्यान्डलमा सेयर गरिएको छ ।

जसका अनुसार द बकिङ्घम मर्डर्सले पहिलो दिन १.६२ करोड कमाएको थियो । दोस्रो दिन २ करोड ४१ लाख र तेस्रो दिन २ करोड ७२ लाख संकलन भएको थियो । जसपछि कुल सङ्कलन ६.७५ करोड पुगेको छ ।

करिना कपुरका फ्लप फिल्मले पनि ओपनिङ वीकेन्डमा योभन्दा बढी कलेक्सन गर्छन् । २००९ मा, मैं और मिसेस खन्नाले पहिलो सप्ताहन्तमा सबैभन्दा कम कलेक्शन गरेको थियो र यो ४.४२ करोड रुपैयाँ थियो। यस फिल्ममा करीनासँग सलमान खान मुख्य भूमिकामा देखिएका थिए । उनको सबैभन्दा ठूलो फ्लप फिल्म मिलेंगे मिलेंगेले पनि पहिलो साताको अन्त्यमा ७ करोडभन्दा बढी कलेक्सन गरेको थियो ।

द बकिङ्घम मर्डर्सको बारेमा कुरा गर्दा, शेफ रणवीर ब्रार फिल्ममा करीनासँग महत्त्वपूर्ण भूमिकामा देखिएका छन्। फिल्मलाई हंसल मेहताले निर्देशन गरेका हुन् । अब करीना फेरि सिंघममा देखिने भएकी छिन् । यो फिल्म दीपावलीको अवसरमा हलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?